• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को अनुरोध

Fm Radio Link

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

 

प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकी  प्रदेशका केही स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै आज राति देशभर पूर्ण बदली रही धेरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा हुनेछ ।

 

रातिपनि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेशका एक÷दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा धेरै हुने स्थानमा बाढि, पहिरो र डुबानको जोखिम रहेको भन्दै महाशाखाले सचेत रहन अनुरोध समेत गरेको छ । 

प्रतिकृया दिनुहोस