• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

सहकारीको ११ औं स्थापना दिवसमा बृद्धबृद्धाहरुलाई फलफुल तथा मिष्ठान्न वितरण

इन्दे्रणी कृषि सहकारी संस्थाको ११ औं स्थापना दिवस

Fm Radio Link

कञ्चनपुर, इन्दे्रणी कृषि सहकारी संस्थाले ११ औं स्थापना दिवसको अवसरमा वेदकोट नगरपालिका ७ रौटेलामा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका बृद्धबृद्धाहरुलाई फलफुल तथा मिष्ठान्न वितरण गरेको छ  । 

 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं निवर्तमान समाजिक विकास मन्त्री लाल वहादुर खड्काले इन्दे्रणी कृषि सहकारी संस्थालाई धन्यवाद दिदै आफु बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र संस्थाको संस्थापक अध्यक्ष रहदाका सुरुवाति दिनहरुमा आर्थिक कठिनाइ सँगै संस्था चलाउन साह्रै अप््ठेरो भएता पनि अहिले आएर यस्तै विभिन्न स्थानिय संघ संस्थाहरुको सहयोग एवं सदभावनाले गर्दा संस्था चलाउन सजिलोे भएको बताका छन् । 

 

संस्थाका सचिव पदम सिंह कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक लक्ष्मी दत्त भट्टले गरेका थिए । सुन्दरपुर स्थीत इन्द्रेणी कृषि सहकारी संस्था लिं ले आफ्नो कार्यक्षेत्र अन्तर्गतका सदस्यहरुलाई मलखाद विउविजन, कृषि तथा आयआर्जन सम्वन्धि तालिमहरु लगाएत वचत ऋण सेवा दिनुका साथै समाजिक कृयाकलाप हरुमा समेत सकृय भुमीका निर्वाह गदै आएको छ । 

 

३१ जना शेयर सदस्यवाट सञ्चालन भएको इन्दे्रणी कृषि सहकारी संस्था लिं. वेदकोट नगरपालिक ९ सुन्दरपुरमा रहेको छ । संस्थामा हाल १०७३ जना शेयर सदस्य रहेको र संस्थाको कुल पुँजी ४ करोड ८० लाख रहेको छ ।
 

प्रतिकृया दिनुहोस