• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

उदयदेव माध्यमिक विद्यालयमा पढिरहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुकालागी लुगा

Fm Radio Link

कञ्चनपुर, वेदकोट नगरपालिका वडा नं. ९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालय सुन्दरपुरमा शुक्रवार लाइन्स क्लव रानीताल महेन्द्रनगर शाखाले लाइन्सका संस्थापक ‘मैलबीन जोन्सको’ जन्मदिन मनाएको छ ।  

लाइन्स क्लव रानीताल शाखाले उदयदेव माध्यमिक विद्यालयमा कक्षा १० मा पढिरहेका गरिव तथा जेहेन्दार विद्यार्थी अर्जुन दमाईकी आमा मैना दमाईलाई नगद रु १० हजार सहयोग गरेका छन । 

लाइन्स क्लव रानीताल शाखाका अध्यक्ष्य गीता वोहरले अर्जुले कक्षा १० मा उत्कृष्ठ नतिजा ल्यइ उत्त्रीण भएमा कक्षा १२ सम्म निशुल्क पढाउने वाचा गर्नु भएको छ ।

क्लवले मैलबीन जोन्सको जन्म दिन साप्ताहिक रुपमा मनाइरहेको र यस अघी विभिन्न गाँउ ठाँउमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको क्लवका उपाध्यक्ष विजया अवस्थी वताउनु भयो ।

लाइन्स क्लबले सहयोग गरेको रकमले छोरालाई कापि, किताव, टुसन पढ्नमा समावेश गराउने विद्यार्थीका आमा मैना दमाईले वताइन ।

साथै लाइन्स क्लव रानीताल शाखाले उदयदेव माध्यमिक विद्यालयमा पढिरहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुकालागी लुगा कपडा विद्यालयका प्रध्यानापक महेश्वर भट्टलाई बुझाउनु भएको छ । उक्त कपडाहरु बिद्यालय सञ्चानमा आएपछि विद्यार्थीहरुलाई बितरण गरीदीन हुन लाइन्स क्लव रानीताल शाखाका अध्यक्ष्य गीता वोहरले अनुरोध गर्नु भयो । कार्यक्रममा वेदकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष्य जनक सिंह विष्ट, बिद्यालयका प्रध्यानापक महेश्वर दत्त भट्ट र क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस