प्रहरी र प्रदर्शनकारी बीच झडप:प्रहरीको गोलीले एक जना मृत्यु
अम्बिका मण्डल/सर्लाही, सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् भने स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते छन्।
बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक जना बालकको ज्यान गएको थियो।बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ती माग गर्दै राजमार्ग अबरुद्ध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो। ईश्वरपुर नगरपालिका –१३ का लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो।
सडक खुलाउन पुगेका नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो। स्थानीयले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो।