२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

धनुषा हरिहरपुरमा पहिलो पल्ट १८ औं राष्ट्रिय धान दिवस मनाईयो

अतिथीहरु मिथिलाको पहिचान धोती लगाई धान रोपे
image

महेन्द्रनगर,
धनुषा जिल्ला मिथिला नगरपालिका हरिहरपुर स्थित पहिलो पल्ट १८ औं राष्ट्रि धान दिवस मनाईएको छ ।

 

 

धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्म निर्भता र समृद्धि नाराका साथ मिथिला नगरपालिका  कृषि विकास शाखाको आयोजना र साना किसान कृषि सहकारी संस्था लि. हरिहरपुरको सहयोगमा मंगलबार भव्यरुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।

 

साना किसान कृषि सहकारी संस्था लि. हरिहरपुरका अध्यक्ष राम कुमार महतोको अध्यक्षता र पुर्वउपप्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा आयोजक कार्यक्रम स्थल नजिक रहेको खेतमा प्रमुख अतिथी महासेठ लगायतका अतिथीहरु मिथिलाको पहिचान धोती लगाई धान रोपेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथी महासेठ यस्तो भव्यकार्यक्रमको लागी धन्यवाद दिदैँ आफनो कार्यकालको दुई वर्ष राम्रोे काम गरे त्यसपछि कोरोनाको कारण समस्या आएपनि पचासौं वर्षमा नभएको कामहरु अहिले भएको छ । आफू चुनावको समयमा आफनो निर्वाचन क्षेत्रमा कतै पिच सडक भएको थिएन तर अहिले विभिन्न ठाउँमा आफूले जनता सँग वाचा गरेको विकास निमार्णको कामहरु भएको बताउनु भयो । 

 


कार्यक्रममा मिथिला नगरपालिका नगर प्रमुख हरिनरायण महतो जो जस्तो सुकै धनी भएपनि जिवित राखने काम किसानले गरेको छ । नेपालमा सबभन्दा बढि प्राथमिकता किसानलाई भेटनु पर्छ तर किसान अकासको भरमा खेती गर्न बाँध्य भएका छन । नगरपालिकामा रहेको साधन स्रोतबाट अहिले मिथिला नगरपालिकाको वडानम्बर ३ मा मात्र करिब डेरसया ईनार निमार्ण गरेको र ठाउँ ठाउँमा बोडिङ्गको पनि निमार्ण गर्दै आएको बताउनु भयो । किसानलाई सहज हुने खालको कृषि औजार किसानको ५०% लगानीमा विभिन्न किसिमको कृषि औजार वितरण गर्दै आएको छ । आउने दिनमा पनि किसानलाई सहजहुने किसिमको कामहरु गर्ने प्रतिव्धता जनाउनु भयो । 

 


साथै कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुको हाथबाट किसानहरुलाई पानि तान्ने मोटर र कोदाले वितरण गरिएको थियो ।