२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

क्षिरेश्वरनाथ नगरपालिका आ.व.२०७८÷७९ को लागि रु.६१ करोड २४ लाख ६१ हजारको बजेट पेश

आर्थिक वर्ष २०७८÷७९ को लागि रु. ६१ करोड २४ लाख ६१ हजारको बजेट पेश
image

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर आर्थिक वर्ष २०७८÷७९ को लागि रु. ६१ करोड २४ लाख ६१ हजारको बजेट पेश गरेको छ ।

 

क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार आठौं नगर सभालाई सम्वोधन गर्दै कोभिडको दोस्रो लहरको कारण मुलुक भर बन्दाबन्दि भएको यस्तो अवस्थामा यस नगरपालिका समेत प्रभावित भए तापनि तोकिएको समय सिमा भित्रै आगामी आ.व.को बजेट चालु आ.व.को अषाढ १० गते सम्म नगरसभामा पेश गनुपर्ने कानुनी बाध्यता रहेकोले यस्तो विषम परिस्थितिमा समेत यहाँहरुको छोटो समयको निमन्त्रणालाई स्वीकार गरी आफना महत्वपूर्ण समय दिई यस नगर सभामा उपस्थित हुनुभएकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो । साथै कोभिड १९ को महामारीका बाबजुद पनि टोल बस्तिस्तर र सरोकारवालाहरुबाट योजना तथा कार्यक्रमहरु प्राप्त गरि वडा समितिबाट योजना तथा कार्यक्रमको प्राथमिकिकरण गरि यस सभाबाट योजना तथा कार्यक्रम छनौट तथा तर्जुमा गर्ने कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो । 

 


यसै गरी कोभिड १९ दोस्रो लहरको संक्रमणका कारण विश्वभर लाखौं मानिसको ज्यान गइसकेको वर्तमान अवस्थामा यस महामारीबाट सङक्रमित भई जीवन गुमाएका महानुभावहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै कोभिड पोजेटिभ भई अस्पताल भर्ना हुनु भएका तथा होम आईसोलेसनमा रहनु भएका सम्पुर्ण नगरबासीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । 

 


आगामी आ.व.२०७८÷०७९ को वार्षिक नीति बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेट कार्यक्रम तर्जुमा दिग्दर्शनले तोकेको पूर्व निर्धारित समय तालिका, नेपालको संविधान, संघिय सरकारको आवधिक योजना, संघिय सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नितीहरु, प्रदेश सरकारले लिएका आर्थिक एवं वित्तीय नीतीहरु, स्थानीय तहको आवधिक योजनाले तय गरेका प्राथमिकताहरु, नेपालले अन्तराष्ट्रिय जगमा जनाएका प्रतिवद्धताहरु, विकासका समसामयिक मुद्धाहरु सामाजिक संरक्षण, दीगो विकास, जलबायू परिवर्तन विपद व्यवस्थापन तथा पोषण सुरक्ष, लैङगीक सशक्तिकरण तथा समाबेशी विकास, बालमैत्री स्थानीय शासन, बातावरण मैत्री स्थानिय शासन, खुला दिशामुक्त तथा पुर्ण सरसफाई, उर्जा संकट लगायतका अन्तर सम्बन्धित विषयहरु साथै निर्वाचनको क्रममा जारी गरिएको निर्वाचन घोषणापत्रहरु, क्षिरेश्वरनाथ नगरपालिकाले आवश्यक ठानेका विषयहरुलाई आधार तथा र्मागदर्शनको रुपमा लिएको छ । 

 


कार्यक्रममा नगर प्रमुख पजियार चालु आर्थिक वर्ष २०७७÷०७८ अषाढ ८ गतेसम्मको समीक्षा प्रस्तुत गर्दै केन्द्र तथा आन्तरिक स्रोतबाट करिब रु.६७ करोड २७ लाख ५१ हजार नगरपालिकामा आम्दनी प्राप्त भई सो मध्ये नगर क्षेत्रको विकासको लागी हालसम्म ३२ करोड ६५ लाख १० हजार खर्च भएको जनकारी गराउनु भयो । सो खर्च मध्ये चालुमा रु.५ करोड ३१ लाख ६६ हजार र पुजिगत, सामाजिक सुरक्षा तथा अन्य कार्यक्रममा रु २७ करोड ३३ लाख ३४ हजार खर्च भएको देखिन्छ । 

 


कृषि सिँचाई र स्थानिय बजार, दिगो समृद्ध क्षीरेश्वरको आधार भन्ने मुल नारालाई आत्मसाथ गर्दै नगरपालिकाको उपरोक्त सवल पक्ष, दुर्वल पक्ष तथा अवसरहरुलाई मध्यनजर गर्दै आगामी आ.व.२०७८÷०७९ को वार्षिक नगर विकासको लागी राजस्व परिचालन एवं श्रोत अभिवृद्धि, आर्थिक विकास सम्बन्धि, पूर्वाधार तथा भौतिक विकास, बातावरण तथा विपद व्यवस्थापन, वितीय व्यवस्थापन सम्बन्धी, सार्वजनिक सेवा एवं सुशासन प्रर्वद्धन, सामाजिक विकास सम्बन्धी र जन स्वास्थ्य प्रबद्र्धन सम्बन्धी क्षेत्रगत नीतीहरु संक्षेपमा प्रस्तुत गरिएको थियो । 


कार्यक्रममा उपमेयर रचना माथेमा, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, वडासदस्य, समाजसेवी, पत्रकार लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।