२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

यात्रु चढाउँदै म्याजिकमा पछाडिबाट ठक्करदिदा घटनास्थलमै तीनको मृत्यु: दर्जनै घाइते

image

आयुब हुसेन/लहान, सिरहाको लहान नगरपालिका पूर्वपश्चिम राजमार्गमा सोमबार यात्रु चढाउँदै गरेको एउटा म्याजिकमा पछाडिबाट आएको मालबाहक ट्रकले ठक्करदिदा घटनास्थलमै तीन जनाको मृत्यु एक दर्जन घाइते भएका छन् ।

 

दुर्घटनामा घाईते भएका १२ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकले सडक छेउमा रोकेर यात्रु चढाइरहँदा सोही दिशाबाट आउँदै गरेको ना.८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार मृत्यु हुने तीनै जना म्याजिका यात्री थिए । म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम रहेका छन् । एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाए ।

 

घाइतेहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सनाखत भएका मृतकहरुको शव परिवारजनलाई बुझाइएको प्रहरीले बताए । दुर्घटनापछि दुबै सबारीका चालक फरार भएका छन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्रक र म्याजिक प्रहरीले नियन्त्रणमा लिएको छ ।