२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

९ महिने अबोध बालिका बलात्कृत, एक बालक पक्राउ!

image

आयुब हुसेन/सिरहा,  सिरहाको लहान नगरपालिका २४ गोविन्दपुर महलनमा ९ महिने अबोध बालिका बलात्कृत भएकी छन् ।प्रहरीले बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई पक्राउ गरेको जनाएको छ ।

 

स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

प्रहरीले दिएको जानकारी अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना घटाएको हो । खाजा पुर्याएर घर फर्किँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् ।