२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

घरमै सुत रहेकी नाबालिकामाथि सामूहिक बलात्कार: आरोपी पक्राउ

image

आयुब हुसेन,सबैला।धनुषाको सबैला नगरपालिका ८ ठिल्लामा घरमै सुत रहेकी एक १४ वर्षिया बालिकालाई घरको ढोका खोलेर घरभन्दा ५ सय मिटर पर गढी गाछी भन्ने स्थानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय सवैलाले जनाएको छ ।

 

घरमा बुवा सत्यनारायण राय घरको अर्को कोठामा सुतिरहेको बेला उनलाई गाउकै ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

राती घरमा १ बजे पीडितलाई छोडेर भागेपछि आरोपितहरुलाइ खोजी गरिदै जाँदा एउटै मोटरसाइकलमा ३ जना भाग्दै गर्दा सवैलाको नहरबाट स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको सवैला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् ।

 

आरोपितहरुलाइ ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने पीडितलाई स्वास्थ चेक जाँचको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।