Saturday, August 29

Latest Update :

राहत कोषमा माया मेट्रो अस्पतालको ३ लाख ११ हजार १११ रुपैयाँ योगदान

image

धनगढी, भदौ ११ । रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित माया मेट्रो अस्पतालले ३ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको हो। धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित अस्पतालले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।

 

अस्पतालले विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरेको सहयोगले मानवता र सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने बताएको छ। माया मेट्रो अस्पतालले आफूलाई ‘सेवामा समर्पित, जीवन बचाउन प्रतिबद्ध’ संस्थाका रूपमा प्रस्तुत गर्दै आएको छ। अस्पताल परिवारले विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्नसमेत आग्रह गरेको छ।

Latest Update