Sunday, October 11

Latest Update :

भ्रष्टाचार मुद्दामा बुढीगंगाका पूर्वमेयरसहित पाँच जनालाई कैद

image

धनगढी,२३ असोज

बाजुराको बुढीगंगा नगरपालिका पूर्वमेयरसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ। प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले यस्तो फैसला गरेको हो। बुढीगंगाका तत्कालीन मेयर दीपकविक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन इन्जिनियर पारस खाती, जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र तत्कालीन सब–इन्जिनियर गणेशराज रेग्मीलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना भएको हो। सोही मुद्दामा अन्य नौ जना प्रतिवादीले भने सफाइ पाएका छन्।