Tuesday, October 13

Latest Update :

एमाले कार्यालयको सुरक्षा फिर्ता, प्रहरीको दाबी– सुरक्षाकर्मी खटाइएको थिएन

image

काठमाडौं ,२६ असोज

सरकारले च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता गरेको छ । यसअघि सशस्त्र प्रहरीको टोली त्यहाँ सुरक्षार्थ २४ सै घण्टा पहरा दिएर बस्दै आएकोमा आज बिहानबाट फिर्ता गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । उनका अनुसार कार्यालयमा नियमित ड्यूटीमा ५ जना जति एपीएफको टोली रहन्थ्यो ।

एपीएफका प्रवक्ता डीआईजी नेत्र कार्कीले भने एमालेको कार्यालयलाई सुरक्षा नै नदिएको भन्दै फिर्ता गरेको भन्ने कुरै नहुने बताए । उनले पार्टी कार्यालयमा सुरक्षा दिने कुनै प्रोटोकलमा नभएको दाबी गरे । हरेक जिल्ला सेन्सेटिभ भएका ठाउँमा नियमित ड्युटीमा जाने कुरा बेग्लै भो । कहिलेकाहिँ पट्रोलिङ गर्दै जाँदा बाथरुममा छिरेको कसैले देखेको होला । पार्टी कार्यालयमा सुरक्षाकर्मी खटाउने कुनै कार्यविधिमा छैन । हामीले खटाएको पनि छैन’, ।

४ दिनअघि गृह मन्त्रालयले सम्बन्धित सुरक्षा निकायहरूलाई कार्यविधि विपरीत खटाइाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन ७ दिनको सीमा दिएको थियो । निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटाएको पाइए खटाउने सम्बन्धित अधिकृत तथा पदाधिकारीलाई कारबाहीको चेतावनी दिइएको थियो ।

Latest Update