Friday, October 23

Latest Update :

वेब सुरक्षामा विश्वव्यापी समस्या, राष्ट्र बैंकले रोक्यो सेवा

image

काठमाडौँ ,६ कात्तिक 

वेब प्रविधि PHP मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्र बैंकले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै सुरक्षा जोखिमलाई मध्यनजर गरी सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

 

सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन आग्रह गरिएको छ । राष्ट्र बैंकले PHP मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि अपिल गरेको छ ।

 

साथै, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ । राष्ट्र बैंकले २०८३ कात्तिक ६ गते जारी गरेको सूचनामा सुरक्षा जोखिमलाई केन्द्रित गर्दै आवश्यक सावधानी अपनाउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ ।