हिमालयन लाईफबाट बीमितको परिवारलाई ६ लाख ७१ हजार दाबी भुक्तानी
दिव्यान्युज/नवलपरासी,
हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड बर्दघाट शाखाले बर्दघाट ४ शिवलाय मन्दिर, नवलपरासी निवासी बिमित दुत राज गुरुन को मुत्युपछि परिवारलाई ६ लाख ७१ हजार रुपैया बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार गुरुनले बर्दघाट शाखाबाट ५ लाख रुपैयाको जीवन बीमा गरेका थिए । निजको अचानक मृत्यु भएको थियो । आज मिति २०८२ चैत्र १९ गतृे बिहिबार कम्पनीले मृतकको परिवार श्रीमती गोपीमाया गुरुन लाई ६ लाख ७१ हजार रुपैया बराबरको चेक रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बर्दघाट शाखाका शाखा प्रवन्धक सुरेन्द्र चौधरीले बीमाले मान्छेलाई धनी त बनाउदैन तर गरिब पनि हुन दिंदैन, यो विपत्तिमा सम्पत्ति हो भन्दै आफनो धारण ब्यक्त गर्नुभयो । त्यस्तै संस्थाका सिनियर एजेन्सीम्यानेजर तथा एमडीआरटी सारदा थापाले बीमा जाखिम हस्तान्तरण गर्ने एउटा प्रक्रिया हो भन्ने कुरा दर्शाउनु भयो । शाखाका मार्केटिन म्यानेजर शीवनाथ गुप्ताले सही ठाँउमा पैसा बचत गर्दा भविष्यमा आउन सक्ने समस्याबाट जुध्न बीमाले सहयोग गर्छ तर्क राख्दै सबैजना बीमा गराई सुरक्षित हुन आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा शाखाका अन्डरराईटिन कर्मचारी, शाखाका एजेन्सी म्यानेजर नारायण रोका, गीता देवी भण्डारी , सुनिता शाही लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरियो ।