Tuesday, September 08

Latest Update :

थारू कल्याणकारी सभा वडा नं. ४ को अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभा चौधरी चयन

image

 

देवदह–४, विजयपुर, भदौ २३। थारू कल्याणकारी सभा वडा नं. ४ को वडा अधिवेशन देवदह–४, विजयपुरमा मंगलबार सम्पन्न भएको छ। अधिवेशनबाट प्रभा चौधरी अध्यक्षनिशा कुमारी चौधरी सचिव पदमा चयन हुनुभएको छ।

अधिवेशनमा वडा नं. ४ का जनप्रतिनिधि मानबहादुर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा ५१ जनाको सहभागिता रहेको थियो।

त्यसैगरी थारू कल्याणकारी सभा देवदह नगर समितिका तर्फबाट नगर अध्यक्ष सुरेन्द्र चौधरी तथा नगर सदस्य तुलप्रसाद चौधरीको समेत उपस्थिति रहेको थियो।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा उषा चौधरी, द्वितीय उपाध्यक्षमा लक्ष्मी चौधरी, तृतीय उपाध्यक्षमा भीमकुमारी चौधरी, सचिवमा निशा कुमारी चौधरी, कोषाध्यक्षमा अञ्जना कठरिया थारूसहसचिवमा लक्ष्मी (प्रतिमा) थारू चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा अनिता थारू, धनकुमारी थारू, हेमन्ती थारू, शकुन्तला थारू, गीता चौधरी, कमला चौधरी, द्रुपती कँवर, सीता चौधरी, शान्ति चौधरी, जोगमाया चौधरी, आशा चौधरी, शिवरानी थारू, सन्तोली थारू र दानमाया खवास चयन हुनुभएको छ।

अधिवेशनमा थारू समुदायको भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनका साथै समुदायको सामाजिक तथा आर्थिक विकासका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले थारू समुदायको हकहित र अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष प्रभा चौधरीले थारू समुदायको हितलाई प्राथमिकतामा राख्दै संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रमको सञ्चालन दिनेश चौधरीले गर्नुभएको थियो। २०८३ भदौ २३ गते मंगलबार सम्पन्न अधिवेशनले वडा तहमा थारू समुदायको संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Latest Update