Tuesday, September 08

Latest Update :

हिमालयन लाइफ इन्स्योरेन्स खैरेनी शाखाबाट उपचार खर्च हस्तान्तरण ।

खैरेनी शाखाबाट उपचार खर्च हस्तान्तरण ।
image

 

दिव्यान्युज/देवदह,

हिमालयन लाइफ इन्स्योरेन्स खैरेनी शाखाले उपचार खर्च बापत रु ९१,७७३ रकम बीमित अब्दुल मबुद मनिहार लाई हस्तान्तरण गरेको छ ।  कार्यक्रममा बीमित अब्दुल मबुद मनिहार  र उहाँ को परिवार तथा खैरेनी शाखाका शाखा प्रबन्धक दिनेश चौधरी, MDRT, सिनियर एजेन्सी म्यानेजर, इमर्जिन स्टार, एजेन्सी म्यानेजर लगायतको उपस्थितिमा रुपन्देहीको देवदह नगरपालिका वडा नं.  ११, शंकरपुरमा स्थित बीमितको घरमै गई चेक हस्तान्तरण गरेको हो 



बीमित मनिहारले "तीन वर्ष पहिले चिनेको आधारमा बीमा गराएको  तर पनि बीमाको सेवासुविधा प्रति तेति विश्वास लाग्दैन थियो । आज म स्वयम दुर्घटना भई हात भाँचिदा उपचार वापत खर्च पाउदा अति नै खुसि भएको छु । अब बीमा प्रति पुर्ण विश्वास भरोसा सँगै ढुक्क भएको छु ।" भन्ने कुरा राखे ।

 

 

 

 "हामीलाई बीमा किन चाहिन्छ भन्ने प्रश्नको जवाफ आज भोलि  मानिसको दुःख को समय मा घाउमा मलम लगाउन पाउँदा पाइरहेको छु" भन्दै शाखाका Double MDRT गीता चौधरी थारुले खुसी ब्यक्त गरे । त्यस्तै MDRT राम बहादुर थारु , MDRT दिपिका रेश्मी मगरले पनि बीमा सम्बन्धि आ आफनो विचार राखे ।

 

कार्यक्रममा MDRT रम बहादुर थारु, Double MDRT गीता चौधरी थारु,MDRT दीपिका रेशमी मगर ,  सिनियर एजेन्सी म्यानेजर फुलमाया थारु,एजेन्सी म्यानेजर महेश चौधरी, राकेश चन्द थारु, पूजा चौधरी, बन्धना चौधरी, एपिकल थारु,मालती चौधरी को उपस्थिति रहेको थियो ।

Latest Update