बृहत् रक्तदान कार्यक्रम सम्पन्न
दिव्यान्युज/बुटवल ।
“सुरक्षा अटल, भविष्य सबल “नारा सहित हिमालयन लाइफ इन्स्योरेन्सको अठारौं वाषिर्कोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयं सेवी रक्तदाता समाज जिल्ला कार्यसमिति रुपन्देहीको सहकार्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५९ पोएन्ट रगत संकलन भएको हिमालयन लाइफ इन्स्योरेन्स प्रदेश उपप्रमुख जुना कुँवरले जानकारी दिनु भयो ।
हिमालयन लाइफ इन्स्योरेन्सको आयोजना र नेपपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा सम्पनन रक्तदान कार्यक्रममा इन्स्योरेन्सका विभिन्न शाखा प्रमुख , अभिकर्ता लगायत रक्तदानको महत्त्व बुझेका विभित्र क्षेत्रका व्यक्तिले रक्तदान गर्नु भएको थियो। कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख बुध्दबहादुर सुर्यवंशी , उपप्रमुख शिव कुमाल लगायतले रक्तदानको महत्व र हिमालयन लाइफ इन्स्योरेन्सका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदातालाई सम्मान समेत गरिएको थियो।