२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

रमुवादह फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो स्पोर्टिङ ।।

रमुवादह फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो
image

कपिलवस्तु

रमुवादहमा सम्पन्न फुटबल प्रतियोगिताको च्याम्पियन शिवगढी स्पोर्टिङ बनेको छ ।

शुक्रबार साईनिङ्ग स्टारको खेल मैदान रमुवादहमा सम्पन्न प्रतियोगितामा आयोजक साईनिङ्ग स्टारलाई २ को बिरुद्व ३ गोल गरेर स्पोर्टिङ च्याम्पियन बनेको हो ।

निर्धारित समयको पहिलो हाफमा १ गोलले पछी परेको स्पोर्टिङ दोस्रो हाफको ५१औ मिनेटको दोस्रो गोलले झन दबाबमा पारेको थियोे ।

दबाबका बिच प्रतिस्पर्धा गरेको स्पोर्टिङले ६३ औ पहिलो गोल गरे पछी लगातार ३ गोल गरेर च्याम्पियन बनेको हो ।

महिला तर्फ जयबुद्ध समाजिक युवा क्लब बिजयी भएको छ ।जयबुद्धले अयोजकलाई ० को बिरुद्व १ गोल गरेर बिजयी भएको हो ।

पुरुष तर्फ चिसापानी युवा क्लब भोकर तेस्रो भएको छ शुक्रबार सम्पन्न पहिलो खेलमा चिसापानीले नवसृजनशिल भगवानपुरलाई पेनाल्टीमा पराजित गरेको हो ।

प्रतियोगिताको च्याम्पियन स्पोर्टिङले नगद २५ हजार साईनिङ्ग स्टार कप मेडल प्रमाणपत्र उपबिजेता आयोजकले नगद १५ हजार कप मेडल प्रमाणपत्र र महिला तर्फको बिजेता उपबिजेता साथै पुरुष तर्फको तेस्रोले नगद तथा विभिन्न पुरस्कार जितेका छन ।

नगरप्रमुख अजय थापाको प्रमुख आतिथ्यता रहेको साईनिङ्ग स्टारद्वारा आयोजित फाईनल तथा पुरस्कार वितरणलाई नगर प्रमुख अजय थापा,वडा अध्यक्ष रामगोपाल चौधरी , शिक्षक बिक्रम के सी ,लगायतले सम्बोधन गर्नुभएको थियो।