२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

शिवगढी कपकाे पाचौं औ दिन तीन खेल सम्पन्न ।।

खेल सम्पन्न ।।
image

कपिलवस्तु 

शिवगढी कपको पाचौं दिन तीन खेल सम्पन्न भएको छ। 

पहिलो खेल ग्रीन भिजन बनकट्टा र युनिक स्पोर्ट्स नौडिहवाको बीच भएको थियोे उक्त खेलमा ग्रीन भिजनले १ को बिरुद्ध ५ गिल गर्दै नौडिहवालाई पराजित गरेको हो ।दोस्रो खेल महिलातर्फ बालुबाङ्ग र जयबुद्ध बिच भएको थियो उक्त खेलमा जयबुद्ध ० को बिरुद्ध २ दुई गोल गरेर बिजयी भएको छ।

पाचौं दिनको अन्तिम खेल आयोजक गोल्डेन स्टार र नमुना ज्योति हल्ला नगरको बिच भएको थियोे उक्त प्रतिस्पर्धामा आयोजक गोल्डेन स्टार ० को विरुद्ध १ गोल गरेर बिजयी भएको छ ।

उल्लेख्य दर्शकको सहभागीता रहेको प्रतिस्पर्धाको पहिलो हाफको खेल सकिन लाग्दा मुसलधारे बर्षा भएको थियो ।बर्षाको कुनै प्रवाह नगरी दर्शकले निर्धारित समयको अन्तसम्म खेल उत्साह पुर्व हेरेका थिए ।

सोमबार छैटौं दिन दुई खेल हुने आयोजकले जानकारी दिएको छ पहिलो खेल महिलातर्फ गडवा एफ सी र नमुना ज्योति हल्लानगर र अन्तिम खेल ज्ञ्यान ज्योति उमरी र गोल्डेन स्टार युवा क्लब बी,का बीच हुनेछ