कपिलवस्तुको पश्चिम क्षेत्रसंग मेरो भावनात्मक सम्बन्ध छ,सभामुख बसन्त
कपिलवस्तु -कपिलवस्तुको पश्चिम् क्षेत्र शिवगढी देखि कृष्णनगर सम्म आफ्नो भावनात्मक सम्बन्ध रहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर बसन्तले बताउनु भयो ।
प्रथम बिजयनगर महोत्सव २०८० लाई सम्बोधन गर्दै आफ्नो राजनीतिक जीवन शुरु गर्नु भएको पश्चिम् कपिलवस्तुसंग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको बताउनु भएको हो ।
आफ्नो कार्यक्षेत्र पाल्पा भए पनि आफ्नो लामो समय यही बितेको र पश्चिम कपिलवस्तु जिल्ला कै दुर्गम ठाँउ भएकोले यहाको समृद्धि र बिकासमा उहाको उतिकै जिम्मेवारी रहेको पनि उहाको भनाई छ ।
थुप्रै स्रोत साधन भएर पनि कानुनी जटिलताका कारण अपेक्षा गरे अनुसार स्थानीय सरकारले सदुपयोग गर्न नपाउदा बिकाशका काम पनि आशा गरे जति नभएको महसुस गर्दै लुम्बिनी प्रदेश सभाले किसान सम्बन्धि समस्य ,ऐन सम्बन्धि समस्य पर्यटन ,बन,जङ्गल ,खोला नाला,सम्बन्धि हुने जटिलताहरु अन्त्य गर्न लुम्बिनी प्रदेश सभाबाट ऐन संसोधन गरेर खुकुलो ऐन बनाई स्थानीय सरकारलाई आफ्नो स्रोत साधनमा राम्रो पहुँच राख्ने कुरामासमेत आफ्नो भुमिका रहने सभामुख बसन्तले बताउनु भयो ।
समुन्नत बिजयनगर हाम्रो सान,कृषि ,पर्यटन, उद्योग ,र सस्कृती हाम्रो पहिचान भन्ने मुल नारा सहित बिजयनगरको शंकरपुर खेलमैदानमा बिजयनगर समाजको आयोजना बिजयनगर गाउपालिका संरक्षक रहेको प्रथम बिजयनगर महोत्सव २०८०जेठ ४देखि १४ गते सम्म संचालन हुनेछ