२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुदा स्थानीयलाई सास्ती

image

रोल्पा, इलाका प्रशासन कार्यालय घर्तिगाउ रोल्पामा चार महिना यता अधिकृत नहुदा स्थानीयलाई सास्ती भएको छ ।


गत चैत्रमा इलाका प्रशासन कार्यालय घर्तिगाउका अधिकृत राममनी काफ्ले सरुवा भइ गृह मन्त्रालय गएपछि अधिकृत बिहिन बनेको छ । साविकका २0 गाविस तथा हालका पाँच वटा गाउँपालिकाका जनताको सेवा क्षेत्रमा रहेको घर्तिगाउको ईलाका प्रशासन कार्यालयमा अधिकृत नहुदा कर्मचारी पनि काम बिहिन भएका छन भने जनता अलमलमा पर्दै सदरमुकाम पुग्न बाध्य भएका छन ।

 

यस बिषयमा स्थानीय सरकारले चासो दिदै गृहमन्त्रीलाई नै भेट्दा वैशाखमा नै अधिकृत पठाउने आश्वासन दिएको भएपनी अहिले कर्मचारी समायोजनको वहाना गरिएको माडी गाउँपालिकाले जानकारी दिएको छ ।


रोल्पाको एक मात्र ईलाका प्रशासन कार्यालयमा अधिकृत नहुदा सरकार भएको महसुसमा कमि आएको स्थानीयले बताउन थालेका छ्न ।