२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

१ दशक पार गर्दे थप सेवा सुविधा सहित अगाडी बढदै घोडाघोडी अस्पताल 

थप सेवा सुविधा सहित अगाडी बढदै घोडाघोडी अस्पताल 
image

पहलमानपुर २, कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी अस्पताल आफ्नो स्थापन कालको १ दशक पुरागर्दै अगाडी बढी रहेको छ ।

वि.स. २०६५ जेष्ठ १५ गतेमा स्थापना भएको अस्पताल हाइवे क्षेत्रमा रहेको अरु निजि अस्पतालको तुलना घोडाघोडी अस्पतालले छोटो समयको अवधीमा आफ्नो बग्लै पहिचान बनाउन सफल भएको छ ।

अहिले घोडाघोडी अस्पतालवाट विभिन्न रोगहरुको उपचार हुनुका साथै थप ५ वटा विशेषज्ञ प्रदान गरि रहेको छ । सुदुर पश्चिमको सरकारी अस्पताले प्रदान गर्ने सुविधाहरु स्थापनय स्तरमा  घोडाघोडी अस्पताले प्रदान गर्दै आइ रहेको घोडाघोडी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटाले बताउनु भएको छ ।

आज घोडाघोडी अस्पतालले संचारकर्मीहरु संग छलफल तथा सुझाव संकलन गर्दै । अस्पतालले आगामी दिनमा कसरी सेवा प्रवाह गर्न आवश्यक छ तथा अस्पतालका सुधार गर्नु पर्ने पक्षहरु के कस्ता छन भन्ने विषयमा छलफल गरेको हो ।

सुझाव संकलन गरि जनतालाई स्तरीय सेवा प्रदान गर्नको लागि सरोकारवाला पक्षसंग छलफल तथा सुझाव संकलन गरिरहेको घोडाघोडी अस्पताल संचालक समितीका अध्यक्ष बिस्णु सापकोटाले बताए ।

गरिब, असहाय, जेष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिहरुलाइ सेवा शुल्कमा छुटको ब्यवस्था गर्नु पर्ने, समाजिक उत्तरदायित्व बहन गर्नु पर्ने, बाल रोग विशेषज्ञको ब्यवस्था गर्नु पर्ने, स्वास्थ्य बिमाका विषयमा सचेतना वृद्धि गर्नु पर्ने तथा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम संचालन गर्नु पर्ने लगायतका सुझावहरु संकलन भएको र सबै पक्षहरूको सुझावलाई आत्मसाथ गरि अघि बढ्ने घोडाघोडी अस्पतालले जनाएको छ ।

बिहीवारको छलफलबाट अस्पतालले डेंगु र स्क्रपटाइपस रोगबारे समुदाय स्तरमा जनचेतना अभिबृद्धी कार्यक्रम गर्ने बताइएको छ ।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download