लिक्मामा थारु कमैया होम स्टे प्रवद्र्धनको लागी माघ महोत्सव
थारु कमैया होम स्टेमा माघ महोत्सव
षौष २६ ,शेर बहादुर चौधरी, कैलालीको गौरीगंगा नगरपालिका ८ लिक्मा शिविर गाउँमा थारु होमेस्ते गाउँ कमैया माघी महोत्सब हुने भएको छ । थारु होमेस्टे गाउँ कमैया पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा माघ १० देखी १२ गते सम्म महोत्सव हुने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
“संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करि काम,सस्कृति भेषभुषा राखी हमार पहिचान” भन्ने मुल नाराका साथ महोत्सव हुने भएको हो । सरकारले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र नेपाल भ्रमण बर्ष लाई सफल पार्न आफुहरुले महोत्सव आयोजना गर्न लागेको आयोजक समितिका संयोजक हिरालाल डगौँराले जानकारी दिए ।
होम स्टे संचालन गर्ने स्थानको प्रचारप्रसार गर्ने, होम स्ते प्रवद्धर्न र संचालन गर्ने आवश्यक सहयोग जटाउने, थारु संस्कृति र कलाको संरक्षण र जगेर्ना गर्ने,थारु परिकारको संरक्षण र उपयोगीताको प्रचारप्रसार गर्ने, थारु परम्परा चालचलन सरसमाग्री सम्पदाको संरक्षण गर्ने र थारु भेषभुषाको संरक्षण र प्रवद्धर्न गर्दे महत्व जोगाई राख्ने उदेश्यले थारु होम स्टे गाउँ कमैया माघ महोत्सबको आयोजन गर्न लागेको चौधरीले बताए ।
महोत्सवले स्थानीय कला संस्कृतिकको जगेर्ना गरी विकासमा टेवा, स्थानीय उत्पादनहरुलाई बजारमुखी बनाई बजार सम्म सहज पहुँचको व्यवस्था मिलाउन टेवा पुग्ने विश्वास लिइएको छ ।
महोत्सब भरी थारु परिकारको प्रसारप्रचार प्रवद्धर्न र स्वा चखाउने,थारु संस्कृति अन्तरगत बिभिन्न नाचहरु सखिया नाच, झुम्रा नाच, हुदङगवा नाच, तरुहवा नाच, कठ घोरी नाच, दिननचुवा नाच र बिभिन्न कलाहरु प्रर्दशन गर्ने, मट्का भोड, डोरी तान्ने, साइकिल स्लो, मोटरसाइकल स्लो, कवड्डी खेल खेलाईने र थारु परम्परागत सामाग्रीको संरक्षण, प्रवद्धर्न र बिकासका लागि प्रचारप्रसार गर्ने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकहरुको बस्नको लागी ११ वटा घरहरुको व्यवस्था गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।