टिप्परले किचेर महेन्द्रनगरको जनज्योती बहुमुखी क्याम्पसमा अध्ययनरत रमिता भट्टको मृत्यु भए पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
आफ्नो सहपाठीको मृत्यु घटनाको सत्य, तथ्य छानविन गरेर दोषि उपर कारबाहीको माग गरेर जनज्योती बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।
उचित क्षतिपुर्ति तथा दोषि उपर कारबाहीको माग गरेर सडक अवरुद्ध पारिएको विद्यार्थी लोकेन्द्र भण्डारीले बताए ।
उनिहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भाँसी जनज्योती चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । टायर बालेर बिहानैदेखि उनिहरु प्रदर्शन गरिरहेका छन् ।