२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

निशुल्क स्वास्थ्य शिबिरमा ४७० जनाले सेवा लिए 

स्वास्थ्य शिबिरमा ४७० जनाले सेवा लिए 
image

विवश चौधरी, कार्तिक २८ गते पहलमानपुर, कैलाली विश्व मधुमेह दिवसको अवसरमा निशुल्क स्वास्थ्य चेक जाँच तथा सुगर जाँच शिबिरमा ४७० जनाले सेवा लिएका छन । कैलालीको घोडाघोडी नगरपालिका ३ निम्दीमा भएको एक दिने निशुल्क स्वास्थ्य शिबिरमा त्यस क्षेत्रका ४७० जनाले सेवा लिएका हुन ।

वडा नम्बर ३ को कार्यालय , दरश स्वास्थ्य चौकीको व्यवस्थापन र नोभा हस्पिटल प्रा.लि.धनगढीको आयोजनामा विश्व मधुमेह दिवसको अवसर पारेर शिबिर संचालन गरीएको थियो । एक दिने शिबिरमा बढी जसो व्यक्तिहरुमा सुगर,प्रेसर र मुटु सम्बन्धी बढी समस्या देखिएको चेकजाँचमा खटिनु भएका डाक्टर चित्र राज शर्माले बताए ।

रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्था हुने लाई मधुमेह रोग देखा परेको उनले बताए । समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु आउने बताउदै उनले विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको डाक्टर बताए ।

मधुमेह रोग लागेमा खाना रुचेर पनि तौल घटदै जाने,पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने,मुख सुख्खा हुने, प्यास धेरै लाग्ने,भोक बढी लाग्ने तर दुव्लाउदै जाने,कमजोरी हुने र खुट्टाहरु झम्झमाउने लक्षण देखा पर्ने डाक्टर चित्र राज शर्माले बताए । यस बाट बच्न सामान्य खानपान अपनाउनु नै राम्रो हो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो भएको उनले बताए ।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download