डोटीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला
डोटी,२७ असोज
डोटीमा एक नाले भरुवा वन्दुक बरामद गएिको छ। जिल्लाको डोटी जोरायल गाउँपालिका–६ भागेश्वर स्थित सामुदायिक वनमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक १ थान फेला परेको हो। सोमबार दिउँसो इलाका प्रहरी कार्यालय विपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।