नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धनुषाको अध्यक्षमा साह
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोक कुमार साह
महेन्द्रनगर,
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोक कुमार साह निर्वाचित भएका छन ।
संघको प्रथम जिल्ला अधिवेशनले साहलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा नरेश साह, सचिवमा फुल कुमार साह, सह सचिवमा मायनन्द झा, कोषाध्यक्षमा विजय कुमार महतो छन् ।यस्तै कार्यसमिति सदस्यमा धमेश्वर चौधरी, सुधिर मिश्र, राम दिनेश मिश्र र सन्तोष राय साघारा छन ।
सर्वसम्मतले निर्वाचित नव कार्यसमितिलाई नेपाली कांग्रेसका केन्द्रिय उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको हाथबाट सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको नव निवार्चत अध्यष अशोक कुमार साहले जानकारी दिनुभयो ।