श्री जलदेवी माई महिला उत्थान तथा कृषि सहकारी संस्थाको कार्यालय उद्घाटन
श्री जलदेवी माई महिला उत्थान तथा कृषि सहकारी संस्था लिमिटेडको नयाँ कार्यालयको उद्घाटन
महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित श्री जलदेवी माई महिला उत्थान तथा कृषि सहकारी संस्था लिमिटेडको नयाँ कार्यालयको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।
महिला सशक्तिकरण, आर्थिक समावेशिता तथा कृषि विकासका क्षेत्रमा सक्रिय रहँदै आएको संस्थाले सेवा विस्तार तथा व्यवस्थापन सुदृढीकरणका लागि नयाँ कार्यालय स्थापना गरेको हो ।
क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर सिन्धुलीटोल स्थित संस्थाकी अध्यक्ष सुमिन्त्रा देवी यादवको अध्यक्षता र मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच संस्था कार्यालयको विधिवत उदघाटन भएको छ । उद्धाटन कार्यक्रममा विशिष्ठ अतिथी प्रदेश सांसद पल्टी देवी यादव, क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख सुखदेव यादव, अतिथीहरु क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जिवछ मण्डल, वडा नं.६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, वडा नम्बर ५ वडा प्रत्यासी राज नारायण गुप्ता, समाजसेवी हरि प्रसाद काफले, नेकपा एमाले जिल्ला सदस्य ललित साह, नेकपा एमाले नगर इन्र्चाज श्याम किशोर यादव, नगर शिक्षा समिति सदस्य सुर्यनाथ यादव, सुडी समाज सेवा समिति अध्यक्ष धनेश्वर महतो, स्थानिय यूवा नेता सतिश कुमार झा, हिन्दु सम्राट सेना क्षि.न.पा.नगर अध्यक्ष धमेन्द्र कुमार महतो, स्थानीय जनप्रतिनिधि, विभिन्न सहकारी संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष सुमिन्त्रा देवी यादव नयाँ कार्यालय स्थापनासँगै सदस्यहरूलाई अझ प्रभावकारी, सहज र प्राविधिक सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको बताइन् ।
“हामी ग्रामीण महिलाहरूलाई उद्यमशीलता, कृषि उत्पादन तथा वित्तीय साक्षरता क्षेत्रमा सशक्त बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौं ।
संस्थाले हालसम्म महिला सदस्यहरूलाई साना ऋण सुविधा, तालिम, लगायतका सेवा प्रदान गर्दै आएको छ । नयाँ कार्यालयले यी सेवाहरूलाई अझ सरल र व्यापक बनाउने संस्थाको अपेक्षा छ ।
कार्यक्रममा प्रमुख अतिथी, विशिष्ठ अतिथ र उपस्थित वक्ताहरु “महिला सशक्तिकरण, स्थानीय उत्पादनको प्रवद्र्धन र समुदायको समृद्धिमा सहकारी संस्थाहरूको योगदान महत्वपूर्ण रहँदै आएको बताए ।
यस्तो संस्थाले ग्रामीण महिलाहरूलाई आर्थिक आत्मनिर्भरता र नेतृत्व विकासतर्फ उन्मुख गराउने कार्य गरिरहेकोमा बँधाई दिएका थिए । नयाँ कार्यालय स्थापनाले सेवा प्रवाहमा पारदर्शिता, सहजता र पहुँचमा अझ प्रभावकारिता ल्याउने विश्वास लिएको बताए ।
स्थानिय शंकर झा द्धारा उदघोष गरिएको कार्यक्रमको अन्तमा उपस्थित अतिथीहरुलाई संस्थाकी महिलाहरु द्धारा झिझिया नृत्य प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरिएको थियो ।