Tuesday, September 08

Latest Update :

धनुषा टेन्ट व्यवसायी संघ द्धारा विभिन्न नियम सार्वजनिक

बैठक बसी धनुषा टेन्ट व्यवसायी संघले विभिन्न नियम सार्वजनिक
image

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित बैठक बसी धनुषा टेन्ट व्यवसायी संघले विभिन्न नियम सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा महेन्द्रनगर जैसीबावा धर्मशालामा बसेको बैठक बाट साउण्ड तथा टेन्ट चलाउने नियम वारे विस्तृत छलफल गरी नियमहरु सार्वजनिक गरेको हो ।

 

संघले सर्वाजनिक गरेको नियम वरखिलाप गरी काम संचालन गरेको पाइएमा संघ र प्रशासन द्धारा कानुन बमोजिम कारवाही गर्ने गराउने पनि निर्णय गरेको छ ।

 

संघ द्धारा सार्वजनिक नियम अनुसार धार्मिक तथा समाजीक काम वाहेक अन्य व्यक्तीगत काम काजमा माथिका हरणको आवाज राती ९ बजे पछि पूर्णत बन्द गर्ने र आवश्यक परेमा सानो आवाजमा वा अरुलाई डिस्टर्व नपर्नेगरी सानो स्वरमा मधुर आवाजमा बक्सा मात्र बजाउने, १६ वर्ष मुनिको बालवालिकालाई टेन्टको काममा नलगाउने, बाजा बजाउँदा समाजमा नराम्रो असर पर्ने गाना वा असलिल गाना नबजाउने, आफनो आफनो बाजा सेटमा अर्काको मोवाइल प्रयोग नगर्ने वा बजाउन बाध्यता भएको जिम्मेवारीको भार मोबाइल वाला लाई दिने, साटा बुक गर्दा दुकानको नामको विल हुनुपर्ने र ग्राहकको परिचय पत्र वा नागरिकताको फोटोकापी लिएर पुरा परिचय खुल्ने गरी नकल र सकल दुइटैमा सहि छाप गर्ने गराउने, डिजे रथ तथा गाडीमा डिजे बाँधी घुमाउनु परेमा त्यसबाट हुने ध्वनी प्रदुषणलाई ध्यानमा राख्दै आवश्यक कार्यक्रम पछि तुरुन्त बन्द गरी लग्नु पर्नेछ, वाटोमा विनासितीमा बजाउँदै लगेमा संघ वा प्रसासन द्धारा कारवाही हुनेछ, समान भाडामा लगाउँदा संघले निर्धारण गरेको दर रेटको चार्ट लिइ दुकानमा राखी त्यसै अनुसार मात्र काम गर्ने, टेन्ट सम्बन्धी कुनै कार्य संचालन गरे गराएमा धनुषा टेन्ट ब्यवसायी संघको नविकरण गरेको पासबुकको फोटोकापी अनिवार्य साथमा राखी कामगर्ने र गराउने, बाहिर कुनै ठाउँ बाट आई, धनुषा टेन्ट ब्यवसायी संघले लगाएको नियम उलंघन गरेको देखिएको खण्डमा त्यो टेन्ट साहु माथी त्यहाँ नजीकमा भएको समितिमा जानकारी गराई त्यस टेन्ट साहुमाथी कारवाही गर्ने र गराउने र हरण मात्र भाडामा नलगाउने सेटको साथमा मात्र हरण लगाउने अथवा हरण मात्र लगाएमा त्यसमाथी संघ र प्रशासन द्धारा कार्वाही हुने लगायतको नियम सार्वजनिक गरेको छ । 

 


त्यस्तै संघका अध्यक्षका अनुसार संघमा दर्ता भएको भए नविकरण गराउने अथवा संघमा दर्ता नभएको टेन्ट व्यवसायीहरुलाई अनुवार्य धनुषा टेन्ट व्यवसायी संघमा दर्ता गराउन आग्रह गरेका छन । 
 

Latest Update