सिटिजन्स बैंक इंटरनेशनलको १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
१८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रक्तदान
महेन्द्रनगर,
सिटिजन्स बैंक इंटरनेशनलको १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित सिटिजन्स बैंक शाखा कार्यालय द्धारा १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको शाखा कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
उनले बैंकले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको जानकारी दिए । बैंकले प्रत्येक वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।
त्यस्तै डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले यही वैशाख १ गते देखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजना अन्र्तगत डेविट कार्ड प्रयोगकर्ताले पहिलो पटक पस मेसिन वा अनलाईन मार्पmत रु १ हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक दिइनेछ ।
यसैगरी सिटिजन्स मोबाईल बैंकिङमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकको लागि पनि रु ५ सय वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक प्रदान गरिने छ । साथै फोनपे मर्चेन्टले आफ्नो व्यवसायिक कारोवार रकम क्युआर मार्पmत प्राप्त गर्दा प्रत्येक दिन एक जना मेर्चेन्टलाई रु १८ सयसम्म क्यासब्याक प्रदान गरिनेछ ।
साथै बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिई पहिलो पटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बंैकिङ मार्पmत मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा रु ५० क्यासब्याक उपलब्ध पाउनु हुनेछ । साथै बैंकको एक मोबाईल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ ।
वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाले आम सर्वसाधारणहरु न्गद रहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।