Tuesday, September 08

Latest Update :

अव्यस्थित ई–रिक्सा पार्किङ्गले कुरुप बन्दै सखुवा चौक

मुख्य बजारका सडकमा जथाभावी ई–रिक्सा लगायत सवारी साधन पार्किङ्ग
image

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा चौकमा पार्किङ्गका लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावी ई–रिक्सा लगायत सवारी साधन पार्किङ्ग हुने गरेका छन । 


मुख्यत्य नयाँ बजार, चौकको बजार र सखुवा बजारको दिन अस्तव्यस्त पार्किङ्ग हुँदा पनि ट्राफिक प्रहरी मुखदर्शक बनेको हुन्छ जस्को कारण उक्त ठाउँहरु निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ ।

जनकपुर ढल्केवर सडक खण्ड मधेश प्रदेशका राजधानी जनकपुरको मुख्य द्धारको रुपमा चिनिएको महेन्द्रनगरको ठाउँठाउँमा अझै पनि व्यवस्थीत पार्किङ्ग छैन ।

 


क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरको सखुवा चौक, हनुमान चौक, क्षिरेश्वर चौक र नयाँ बजार स्थित जथाभावि ई–रिक्सा पार्किङ्गले बाटो नै अवरूद्ध हुने गरेको छ । ई–रिक्सा चालकहरुले बाटोमै ई–रिक्सा पार्किङ्ग गरी ग्राहक कुर्ने गरेका छन् ।

 


त्यही सखुवा चौकमा रहेको ट्राफिक प्रहरी बिट र नजिकै रहेको ईलाका प्रहरी कार्यालय रहेको छ तर मौन बस्ने गरेका छन् । प्रहरी बिट अगाडी अव्यस्थित पार्किङ्गले बाटो अवरुद्ध हुन्छ, तर प्रहरीहरु मुकदर्शक भएर देख्छन् ।

 


अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङ्गस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । अहिले पार्किङ्ग महेन्द्रनगरको मुख्य चुनौती बन्दै गएको छ । 
 

Latest Update