Tuesday, September 08

Latest Update :

मेयर प्रत्यासी सिंह द्धारा प्रेस भेष्ट वितरण

मेयर प्रत्यासी शिव शंकर प्रसाद सिंह द्धारा प्रेस भेष्ट वितरण
image

महेन्द्रनगर,
७ औं वर्ष पार गरी ८ औं वर्षमा प्रवेश गरेको दुधमती एफ.एम.१०४ मेगाहर्जका कर्मचारीहरुलाई क्षिरेश्वरनाथ नगरपालिका मेयर प्रत्यासी शिव शंकर प्रसाद सिंह द्धारा प्रेस भेष्ट वितरण गरिएको छ ।

 

धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित दुधमती मिडिया प्रा.लि.द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्ज मिति २०७५ बैशाख १ गते विधिवत उदघाटन गरी संचालनमा आएको व्यवस्थापक अनिल कुशवाहाले जानकारी दिएका छन ।

 

रेडियोको वार्षिकी अवसरमा रेडियोमा कार्यरत १२ जाना कर्मचारीलाई प्रेस लेखिएको भेष्ट वितरण गर्दै मेयर प्रत्यासी सिंहले समाज रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृत, सभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुंदा निश्पक्ष र सत्यमा आधारित सुचना, समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

सिंहले विकासका हरेक क्षेत्रमा रेडियोको प्रभावकारी भुमिका हुनुपर्ने भन्दै सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभएको थियो । 

 


सोही अवसरमा उपस्थित नेकपा एसका नगर उपाध्यक्ष राम कुमार महतोले समाज परिर्वतन र सहि सुचना दिन रेडियोको दायित्व रहेको बताउनुभयो ।

 


त्यस्तै रेडियोका व्यवस्थापक अनिल कुशवाहा नेपालको समग्र गतिविधिलाई सूचना र सञ्चारको माध्यमबाट जागरण ल्याउने विशिष्ट उद्देश्यका साथ दुधमती मेडिया प्रा.लि. द्धारा संञ्चालित दुधमती एफ एम १०४ मेगाहर्ज ले धनुषा जिल्लाका सम्पूर्ण भूभाग,  महोत्तरीका सम्पूर्ण भूभाग , सप्तरीका पश्चिमी भूभागहरु, सर्लाहीका पूर्वी भागहरु, पहाडका जिल्लाहरु रामेछाप , उदयपुर , सिन्धली ,ओखलदुङ्ग लगायत भारतका विहार राज्यका जयनगर, मधुवनी जिल्लाका केही उत्तरी भूभाग र धधध।मगमजmबतषm।अयm। र हाम्रो पात्रबाट स्रोता मााझ एकसाथ प्रसारण भइरहेको छ ।

 

कुनै पनि समाजले त्यहाँ हुने वातावरण, राजनीतिक, सामाजिक परिवर्तन, आर्थिक र शैक्षिक विकासको प्रतिफल आम सर्वसाधारणको तहसम्म न्यायपूर्ण तवरबाट वितरण हुने व्यवस्था नगर्दासम्म नगर, देश विदेशको जानकारी प्राप्त गर्न सक्दैन । तेसैले यसले समाजमा आफनो नगर र देशको बारेमा जानकारीको लागी महत्वपूर्ण भूमिका रेडियोले खेलेको बताए ।

 

साथै विगत दिनमा दिइएको साथ सहयोगको कदर गर्दै आउने दिनमा पनि साथ सहयोग रहने विशवास व्यक्त गर्नुभयो ।  
 

Latest Update