२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

विज्ञापन रेट

सर्लाहीमा रहेका एघार वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मलगंवा । वि.स. २०७५ साल बैषाख १ गते संचालनमा आएको मलंगवा मिडिया प्राली द्धारा संचालित यस रेडियोको फ्रिक्वेन्सी ९५.६ मेगाहर्ज रहको छ ।

 

यो रेडियो एउटा व्यवसायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत स्थानिय भाषाको सामाचार बज्ने गर्दछ ।

 

बिभिन्न प्रकारका शिक्षामुलक, मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक ब्यूरो) कार्यक्रमहरु चल्ने गर्दछन् ।

 

 

जिल्ला जानकारी - सर्लाही

सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो । यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन । जिल्लाको नामाकरण यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ । रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर राति त्यहाँ कोही पनि पुग्दैनन । यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरूको धारणा रहेको पाइन्छ ।

सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन । भौगोलिक अवस्था अक्षांसस् २६.४५“ उत्तर देखि २७.१०“ उत्तर अक्षास देशान्तरस् ८५.२०“ पूर्व देखि ८५.५०“ पूर्व देशान्त सिमानास् पूर्व(महोत्तरी, पश्चिम(रौतहट, उत्तर(सिन्धुली तथा दक्षिण(भारतको बिहार राज्यको सितामढी जिल्ला क्षेत्रफलस् १,२५९ वर्ग किलोमिटर औसत लम्बाईस् ३२ किलोमिटर(उत्तर(दक्षिण) औसत चौडाईस् ४० किलोमिटर(पूर्व(पश्चिम) सबभन्दा होचोस्थानस् समुन्द्री सतहबाट ६० मिटर सबभन्दा अग्लोस्थानस्समुन्द्री सतहबाट ६५९ मिटर भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षीणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ। प्रमुख नदी, ताल(तलैया यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन् ।

बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमशस् बग्दै दक्षीणतिर भारत पस्दछन। लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन। त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो। यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा, हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरूपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन। ब्यापारिक महत्वका स्थानहरू यस जिल्लाका ब्यापारिक महत्वका प्रमुख स्थानहरूमा सदमुकाम मलङवा नगपालिका लगायत बरहथवा, लालबन्दी नगरपालिका, नवलपुर, गोडैता, ईश्वपुर नगरपालिका आदि छन्।