२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

बिचौलियाको गोजीमा अधिकृतको छाप 

image

काठमाडौँ । केही वर्ष साउदी अरब बसेर फर्किएका ताप्लेजुङका खिबराज मिश्र सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० नवीकरण गर्न बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेची पुगे । तर, कर्मचारीबाट यो काम गराउन सकेनन् । ‘दुई दिन झापा बसेँ, काम भएन,’ उनले भने । अन्ततः उनले हरेस खाएर बिचौलियालाई पाँच सय दिए । तुरुन्तै काम भयो ।

 

यातायात व्यवस्था कार्यालय मेची पुग्ने जोकोहीले यही समस्या भोग्नुपर्छ । कार्यालयमा सेवाग्राहीले सेवा कम, दुःख बढी पाइरहेका छन् । बिचौलिया को हुन्, कर्मचारी को हुन् छुट्याउन गाह्रो पर्छ । यो कार्यालयमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही आउँछन् । सवारी अनुमतिपत्र नवीकरण, प्रतिलिपि, नामसारी दर्ता, अञ्चलीकरण सरुवा दर्तालगायत काम सेवाग्राहीले आफैँ गराउन सक्दैनन् । बिचौलियाको हात नसमातेसम्म कुनै पनि काम गराउन सकिन्न । यसबाट सर्वसाधारण दिक्क भएका छन् ।

 

कार्यालयमा २० जनाभन्दा बढी बिचौलिया छन् । सरकारी कर्मचारीझैँ उनीहरू बिहान १० बजे नै कार्यालय पुग्छन् । दिनभर काम गर्छन् । र, साँझ घर फर्किन्छन् । रोचक कुरो त के छ भने कार्यालयका अधिकृतको छाप बिचौलियाले आफ्नै गोजीमा बोकेर हिँडेका हुन्छन् । कार्यालयको जुनसुकै कोठामा पनि बिचौलियालाई प्रवेश छुट छ । कतिपय सेवाग्राहीको काम गर्दा ढड्डा पल्टाएर रेकर्ड हेर्नुपर्ने हुन्छ । ढड्डा भएको कोठामा कर्मचारी भेटिँदैनन् । त्यहाँ बिचौलिया मात्र ढड्डा पल्टाइरहेका हुन्छन् ।

 

कार्यालयका अधिकांश कर्मचारी बिचौलियाझैँ सादा पोसाकमा आउँछन् । तसर्थ सेवाग्राहीले कर्मचारी र बिचौलिया नै छुट्याउन सक्दैनन् । काम गरिदिएबापत बिचौलियाले सेवाग्राहीबाट मनलाग्दी रकम असुल्छन् । तर, बिल दिँदैनन् । तलदेखि माथिसम्मै सेटिङ छ, यातायात कार्यालयमा । कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार रुखो छ । काम सम्पन्न हुँदासम्म दर्जनौँपटक कर्मचारीको हप्की सहनुपर्छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।