२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

आफूहरूमाथि आक्रमण गरेको भन्दै कुटीकुटी बाघ मारे गाउँलेले (कारुणिक भिडियो)

image

काठमाडौं – भारतको उत्तर प्रदेशमा रहेको पिलिभितमा पाँच वर्षको एक बाघलाई क्रुद्ध गाउँलेहरूले पिटीपिटी मारेका छन् । घटनाको भिडियोमा ४० जना गाउँलेले दयामाया नराखिकन बाघलाई लट्ठीले पिटीपिटी मारेको अनि बाघले ‘दया गर’ भन्ने भावमा पुकार गरेको देखिन्छ । 

 

बाघलाई घेरेर उनीहरूले लट्ठीले कुटीकुटी मारेका हुन् । वन अधिकारीहरूका अनुसार, बाघले नौजना गाउँलेलाई घाइते बनाएको थियो र उनीहरू बदला लिन चाहन्थे । बाघ फेला परेपछि उनीहरूले त्यसलाई जालमा पारेका थिए । 

 

बेतको लौरोले बाघलाई हिर्काएको देख्न सकिन्छ । निकै चोटपटक लागेको केही घन्टापछि बाघको मृत्यु भएको छ । पहिचान खुलेका ३१ जना र नखुलेका १२ जनाविरुद्ध एफआईआर दर्ता गरिएको छ । बघिनीलाई पशुचिकित्सकहरूले जाँच गरेर चोटपटककै कारण उसको मृत्यु भएको बताए । 

 

समाचारमा लेखिएअनुसार, गाउँलेहरूले वन अधिकारीलाई बाघ घाइते भएको कुरा बताएनन् । पशुचिकित्सकहरू समयमा पुगेर उपचार गर्न पाएको भए बाघ बाँच्ने थियो । सन् २०१२ पछि पिलिभितमा मात्र १६ बाघ र तीन चितुवा मारिएका छन् । बाघ भारतको राष्ट्रिय जनावर हो र संसारभरिको बाघको संख्याको लगभग ७० प्रतिशत बाघ यहीँ पाइन्छन् । 

 

तर जंगल मासिँदै जाँदा, चोरीशिकारी बढ्दै जाँदा अनि मानिस र वन्यजन्तुबीच द्वन्द्व बढ्दै जाँदा बाघ संकटमा परेको छ । भिडियो हेर्नका लागि यहा थिच्नुहोस् -

https://videos.dailymail.co.uk/video/mol/2019/07/26/7249258169712397605/640x360_MP4_7249258169712397605.mp4