२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

५ हजार सुब्वा खरिदार र एक हजार अधिकृतको बिज्ञापन दुई साताभित्र खोल्ने अन्तिम तयारी

image

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि झण्डै ६ हजार कर्मचारीको फेरी बिज्ञापन गर्ने भएको छ । सरकारले करिव ५ हजार सुब्वा तथा खरिदार र एक हजार अधिकृत पदका लागि बिज्ञापन गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयले ६ हजार कर्मचारीको बिज्ञापनका लागि लोकसेवा आयोगमा पत्राचार गरिसकेको छ ।

पहिलो चरणको बिज्ञापनको परीक्षा र नतिजा सार्वजनिक भइरहेको छ । पहिलो चरणको लिखित परीक्षाको सवै नतिजा आएपछि ६ हजार कर्मचारीको बिज्ञापन खोल्ने तयारी गरिएको छ । अबको दुई साताभित्र ६ हजार कर्मचारीका लागि बिज्ञापन खोल्ने आयोग स्रोतले बताएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि बिज्ञापन गर्न लागिएको हो ।

९ जेठमा पहिलो बिज्ञापन खोलिएको थियो । लोकसेवाले ९ हजारको संख्यामा खोलेको बिज्ञापन समावेशी र संघियताको चरित्र अनुरुप नभएको भन्दै राजधानीको सडकमा आन्दोलन पनि भएको थियो । तरपनि लोकसेवाको परीक्षा रोकिएन । अब खोल्ने बिज्ञापन समावेशी चरित्रको हुने मन्त्री लालबाबु पण्डितले बताए ।