२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

आज साउन १५ गते, खीर खाने दिन

image

काठमाडौं,  आज साउन १५ गते खिर खाने दिन । हरेक वर्ष साउन १५ गते घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।

 

सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसाद रुपमा लिइन्छ भने पारिवारिक भेटघाटमा वा विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन छ । दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ ।

 

खीरलाई स्वादिष्ट बनाउन मरिच, ल्वाङ, सुकुमेलगायत मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । असार १५ मा दही चिउरा खाँदै रोपाई गरेकाहरुले हिजोआज अलि फुर्सद भएको भनेर आज साउन १५ मा खीर खाने चलन छ ।

 

तर चिकित्सकहरुले भने धेरै मसला राखेर खीर पकाउन नहुने सुझाव दिएका छन् । स्वास्थ्यका दृष्टिकोणले मरिच, सुकेको नरिवल, दालचिनी, आदि राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त हुने उनीहरुको भनाइ छ ।