२०८१ जेठ ५ शनिबार Saturday, May 18

ताजा अपडेट :

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

image

साउन १६,  कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि गोली हानिएको छ। समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली हानेको हो। गोली लागेर सामान्य घाइते यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेका हुन्। उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय पकडीका अनुसार पीडितले गोली लागेको भन्दै उपचारका लागि अस्पताल पुगेका थिए । तर गोली हानेको देख्ने प्रत्यक्षदर्शी कोही नभएका कारण एकीन भइनसकेको प्रहरीको भनाइ छ।