२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

संबिधान दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकाले सरसफाइ गरे

image

प्रदीप जस्मैत चौधरी/बराहक्षेत्र  , बराहक्षेत्र नगरपालिकाले संबिधान दिवस भब्यताकासाथ विहिवार आज २ गते सरसफाइ कार्यक्रम तथा कवि गोष्टि कार्यक्रम संचालन गरेको छ । संबिधान दिवसको अवसरमा आधा दर्जन भन्दा बडि कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

नगरपालिका मुल समारोह समितिले निर्णय गरे अनुसार पहिलो दिन आज असोज २ गते महेन्द्र गेटदेखी मुनाल चौक हुदै बसपार्क सम्म र मुनाल चौक हुदै नगरपालिका गेट सम्मको सडक सरसफाइ गर्ने र संबिधान दिवसको शिर्षकमा बिद्यालयमा वक्तृत्वकला प्रतियोगिता गर्ने साथै सबै कार्यलयहरुमा साँझ दिपावली गर्ने पहिलो दिनको कार्यक्रम रहेको छ ।

सडग सरसफाइमा नगर प्रमुख निलम खनाल, उप प्रमुख कमला मगर, निमित्त प्रशासकीय अधिकृत मनु कुमार लिम्बू, बराहक्षेत्र नगरपालिका कर्मचारीहरु , इलका प्रहरी  लगायत राजनीतिकर्मीहरसले सरसफाइ कार्यक्रममा रहेको थियोे ।

आज सरसफाइ संगै नगरपालिका भित्री नगर प्रमुख निलम खनालले वृक्षरोपण कार्य गरेको थियो । अब कार्यलय हरियालीमय बनाउने लक्ष्य रहेको छ । जस्ले गर्दा हामीलाई स्वास प्रस्वाश लिन स्वच्छ अक्सिजन लिन सजिलो हुन्छ । गर्मीको मौसममा कार्यलयमा आउने जन्ता प्रतिनिधिलाई शितल्ता प्रदान दिने काम गर्छ ।


 यो आर्थिक वर्षमा सुनसरी बराहक्षेत्र नगरपालिकाको ११ वटै वडामा ५० हजारको बजेट रहेको छ र वृक्षारापनको लागि छुट्टयाइएको छु  । बोटविरुवा लगायो भने गाउँ घरनै हराभरा हुने गर्छ ।  यस्ले प्रकृतिलाई वृक्षारोपणले हावापानीमा सहयोग पुर्‍याउने गर्छ बराहक्षेत्र नगरपालिका मेयर निलम खनालले बताएका छन् ।

 

 असोज ३ गते सबै संघ संस्था हरुले ब्यानर सहितको झाकी प्रभातफेरी गर्ने र पूर्व गाबिस अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान गर्ने  नगरपालिकाको योजना रहेको निमित्त प्रशासन प्रमुख मनु कुमार लिम्बूले बताए ।

 

त्यस्तै अन्तिम दिन असोज ४ गते फुटबल प्रतियोगिता रहेको गर्ने जसमा बराहक्षेत्र नगर प्रमुख ११ भर्सेज प्रमुख प्रशासकीय अधिकृत ११ बीच मैत्रीपुर्ण खेल रहने जनाईएको छ भने तीनै दिन सबै कार्यालयहरुमा दिपावली मनाउने कार्यक्रम रहेको  लिम्बूले बताए ।