जमटाेकी शिव चौकमा दुर्घटना हुदाँ १ जना घाइते गम्भीर घाइते
कालाबन्जर / प्रदीप जस्मैत चाैधरी
बराहक्षेत्र नगरपालिका अन्तरगत जमटाेकीकाे शिव मन्दिरकाे अगाडि चाैकमा इनडियन सवारी दुर्घटना हुँदा बाइक चालक घाइते गम्भीर अवस्थामा रहेका छन ।
शनिबार दिउँसो करीब २ बजे भएको दुर्घटनामा पश्चिबाट पुर्व कान्छी चाैक तर्फ जादै गरेको इन्डियन गाडी WB74AD2904 नम्बरको बाेलेराे र दक्षिन बाट कालाबन्जर आउँदै गरेको काे १६ प, ३११९, एक आपसमा ठक्कर खादा बाइकमा सवार ड्राइभर लालु चाैधरी वर्ष ५६ का गम्भीर घाइते भएको इलका प्रहरी कार्यालय कालाबन्जरले जनाएको छ ।
घाइते चाैधरी गम्भिर घाइते भएको प्रहरी निरीक्षक बिनाेद दाहालले जानकारी दिएको छ । घाइतेको धरान स्थित वीपी कोइराला स्वास्थ्थ प्रतिष्ठान धरानमा सामान्य उपचार गरेर न्युरो अस्पातल रिफर गरेकाे इलाका प्रहरी कार्यालय कालाबन्जरले जानकारी दिएका छन ।
प्रहरीले गाडी र ड्राइभर सुरज रजत इन्डियनलाई नियन्त्रणमा लिए इलका चाैकी कालाबन्जरमा राखेको छ। मदिरा सेवन गरदिन, १४ वर्ष भयाे गाडी कुदाकाे यस्ताे घट्ना पहिलाे पल्ट भएको ड्राइभर रजतले बताए । गाडीमा हामी तीन जना सवार थिम फादर डेविस र स्यामल । याे इन्डियाकाे डनबस स्कुलकाे गाडी हाे । हामी बराहक्षेत्र ३ इक्राही मर्निङ स्टार स्कुल स्टाफकाे विहेमा आऐर फर्केर इन्डिया जाँदै थिम । मेराे गल्ती छैन बाइक ड्राइभरले न हेरि लामाे ट्रनिगं गर्दा घट्ना घटेकाे ड्राइभरले बताए ।