२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

अध्यक्ष कप व्याडमिन्टन प्रतियोगितामा सम्पन्न 

लक्ष्मण र जिवन दनुवारको जोडि प्रथम
image

उदयपुर  । अध्यक्ष कप व्याडमिन्टन प्रतियोगितामा ए डिभिजनका लक्ष्मण दनुवार र जिवन दनुवारको जोडि प्रथम भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ ले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा ए डिभिजनका लक्ष्मण दनुवार र जिवन दनुवारको जोडि प्रथम भएको छ भने ओमराज बुढाथोकी र जयराम चौधरीको जोडी  द्धितिय स्थान हुन सफल भएको छ ।तृतिय क्रमशःदेव कुमार दनुवार,ज्ञानेन्द्र दनुवार र वालकुमार दनुवार,सुन्दर चौधरीको जोडी भएको छ । 


 आइतवार भएको फाईनल खेलमा बि डिभिजनमा बिष्णु दनुवार र कालुमान दनुवारको जोडी प्रथम भएको छ भने द्धितिय राज कुमार दनुवार र शम्भु दनुवारको जोडी भएको छ ।

ए डिभिजनमा क्रमशःप्रथम,द्धितिय र तृतिय हुनेलाई नगद ५ हजार,३ हजार र १ हजार प्रमाण पत्र सहित प्रदान गरिएको थियो । भने बी डिभिजनमा क्रमशःप्रथम,द्धितिय र तृतिय हुनेलाई नगद ३ हजार,२ हजार र १ हजार प्रमाण पत्र सहित फाइनल खेलका प्रमुख अतिथी तथा प्रदेश १ सभा सदस्य हिमाल कार्कीले प्रदान गर्नु भएको थियो । उहाले,वडाले आयोजना गरेको यस खेलले युवाहरुमा सकारात्मक सोचको विकास भएको बताउनुभयो ।

मानिसमा फुटवल र भलिवल तिर मात्र आकर्षण भएपनी वडामा व्यडमिन्टन खेलको आयेजना हुदा यस खेलमा पनी युवाहरुको आकर्षण बढेको बताउनुभयो । प्रदेश सभा वाट केहि बजेट विन्योजन गरेर वडा नम्वर ७,८र ९ लाई पायक पर्ने गरी त्रियुगा नगरपालिका वडा नम्वर ८ को वैरनीमा कर्वड हल निमार्णको कार्य थालनी भइसकेको बताउनुभयो ।

वडा अध्यक्ष धन वहादुर दनुवारको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको थियो । उहाले युवाहरुको खेल प्रतिको आकर्षणलाई ध्यानमा राखेर वडाको वजेटमा ४० हजार रकम छुट्टयाएर व्याडमिन्टन खेल समावेश गरिएको बताउनुभयो । अव छिट्टै वडा स्तरीय फुटवल प्रतियोगिताको आयोजनाको तयारीमा रहेको जानकारी गराउनुभयो । 
 

खेल २०७६ मंसिर २० गते देखि २२ गते सम्म संचालन भएको थियो ।