२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

About Us

रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज

महिला सशक्तिकरण श्रोत केन्द्रद्धारा सञ्चालीत सामुदायीक रेडियो उदयपुर १०२ थोप्लो ४  मेगाहर्ज  सञ्चार मन्त्रालयको अनुमति अनुसार बि.स २०६६ साल जेष्ठ १६ गते बिधीबत रुपमा सञ्चालन भएको हो । प्रदेश नम्वर १को उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा न ९ राजाबास नबउदयटोलमा अवस्थित यो रेडियोले समाजमा विद्यमान पितृसत्तात्मक सामाजिक संरचना र त्यसको आडमा महिला माथि हुने विभेदको अन्त्य गर्ने उदेश्यले यो रेडियो सञ्चालनमा रहेको हो ।


महिलाहरुले विभिन्न खाले समस्याहरु भोग्दै आईरहेका छन् । जसका कारण एक जना महिला मात्र नभई उनको परिवार, समाज र देशलाईनै प्रभावित पारिरहेको छ । महिलालाइ हेर्ने दृष्टिकोण व्यवहारिक रुपमा परिवर्तन हुन नसकेकाले र पितृसतात्मक सोचका कारण उत्पन्न समस्याहरु सुचनाको माध्यमबाट कमी ल्याउन र महिलाहरुमा सुचनाको पहुच पु–याउने उदेश्यले महिला सशक्तिकरण श्रोत केन्द्र वि.स.२०६४÷९÷२३ गते जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा ७०१ नम्वरमा दर्ता भई यो रेडियो सञ्चालनमा ल्याईएको हो । महिलाहरुद्धारा मात्र सञ्चालनमा रहेको यो रेडियो रेडियो उदयपुर जिल्लाको त्रियुगा नगरपालिका, संगैका गाउपालीकाहरु र उदयपुर जील्लासंग जोडिएको जील्लाहरु सिरहा, सप्तरी र खोटागंका केहि भागमा पनि सुनिएको छ । ७ घण्टाबाट प्रसारण सुरु गरेको यो रेडियोले अहिले १७ घण्टा प्रशारणमा रहेको छ । यो रेडियो विहान ५ बजेबाट सुरु भई रातको १० बजे प्रशारण समाप्त हुन्छ ।


रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज  महिला शशक्तिकरण श्रोत केन्द्र उदयपुरको स्वामित्व र दायित्वमा संञ्चालित रेडियो हो । संस्थाका कार्य समितीका सदस्यको सभा नै रेडियो उदयपुरको सर्बोच्च निकाय हो । समुदायको मानिसहरु, बुद्धिजिबि, जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिधीहरु लगायत स्थानिय क्षेत्रको सुझाबका आधारमा यो सभाले रेडियोको निती निर्माण,योजना, बार्षिक बजेट लगायत महत्वपुर्ण कुराहरुको निर्णय गर्दछ । यी निर्णयहरु कार्यन्वयन तथा अन्य कार्यहरुको ब्यबस्थापनका लागि रेडियो परिषदको मातहतमा रेडियो ब्यबस्थापन समिती क्रियाशिल रहन्छ । रेडियोको दैनिक संचालन कार्यकारी प्रमुखमा स्टेशन मेनेजर रहन्छ । रेडियो ब्यबस्थापन समितीले स्टेशन म्यानेजर लगायत अन्य कर्मचारीहरुको नियुक्त गर्दछ ।
 

हाम्रो आफनोपन के हो ?

  1.  महिलाद्घारा संचालित रेडियो स्टेशन
  2.  हामी सामुदायिक छौ ।
  3. हरेक समयमा समुदायको सम्मान गर्ने
  4. धेरै भन्दा धैरै सुचना तथा शिक्षामुलक कार्यक्रम गर्ने
  5. स्थानिय बोलिचालीका भाषा प्रयागे गर्ने
  6. सही भाषा र स्पष्ट बाचन गर्ने
  7. गित संगित र बिज्ञापनको जथाभाबी प्रयोग नगर्ने
  8. कुनै घटना तथा बिषयमा तथ्य कुरा मात्र बोल्ने र श्रोतको उल्लेख गर्ने
  9. प्रत्येक घण्टामा समयबारे जानकारी दिने
  10. हिन्दी गीत नबजाउने
  11. बढी भन्दा बढी सामाजिक हितको बिज्ञापनलाइ प्राथमिकता दिने
  12. सहभागितामुलक कार्यक्रम गर्ने

नेपालको तेश्रो महिलाद्धारा सन्चालित सामुदायकि रेडियो, रेडियो उदयपुर १०२थोप्लो ४ मेगाहर्ज प्रगतीशील सन्चार माध्यम हो.। हामी पुर्ण सामुदायीक छौ, हामी समुदायकै कुरा गछौ, हाम्रो समग्र प्रशारणमा सामाजिक हित लुकेको छ । सामाजिक हित र न्यायको लागी बिभीन्न संघ सस्थाहरु, स्थानीय बुद्धिजीवि–व्यक्तिहरुसंग सहकार्य गरि हरेक कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आइरहेका छौ ।