२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

छोराको सम्झनामा थान(मन्दिर) र्ममत सम्भार

थारु समुदायमा राजाजी डिहवार मन्दिरको निकै महत्व
image

डि.एन चौधरी , उदयपुर । छोराको सम्झनामा गाउँमा रहेको राजाजी डिहवार वावाको थानलाई लाखौ रकम खर्च गरेर मर्मत तथा सम्भार गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तरवारीटोल मा रहेको राजाजी डिहवार वावाको थानलाई स्थानिय ध्रवलाल चौधरी र उनको श्रीमती राजवती चौधरीले स्व.छोरा आसाराम चौधरीको सम्झनामा थानलाई मर्मत सम्भार गरि आकर्षक बनाएको छ । 

ध्रवलाल चौधरीको कान्छो छोरा श्याम चौधरीका अनुसार मन्दिरको वरीपरी भुई ढलान,वाल र भुईमा मार्वल सहित पल्सटर गरिएको बताए । उनका अनुसार स्व .दाजुको सम्झनामा गाउँलेको केही श्रमदान सहयोगमा मन्दिरको मर्मत सम्भार गरिएको बताए । उनका अनुसार २०६२ शाल माघ तिर त्रियुगा नगरपालिका ६ लालपत्ताको पुलमा मोटरसाइकल दुर्घटनामा दाजु आसाराम चौधरीको मृत्यु भएको थियो । 


उहाकै सम्झनामा गाउँमा रहेको थान जुन थारु परम्परा अनुसार सधै उपयोग हुने स्थान हो ।  तर स्थानिय निकाय र सरोकारवलाको वेवास्ता र चासो विहिनका कारण अधुरो र अपुरो हुदा आफु यस्को र्ममत सम्भारमा जुटेको बताए । थारु समुदायमा राजाजी डिहवार मन्दिरको निकै महत्व हुन्छ । थारु समुदायले गर्ने हरेक रितिरिवाज,परम्परा ,पुजा पाठमा मन्दिरमा गएर साझ वत्ति वालेर मात्र पारम्भ गर्छ । 


त्यस्तै विवहा हुदा नव दुलहा दुलहीलाई पनी राजाजी को मन्दिर परिक्रमा गर्नु पर्ने चलन रहको छ स्थानिय थानपती हरिनरायण दासले बताए। भने थारु समुदायमा असार पहिलो दिन मनाइने अखारी पर्वमा धुमधामका साथ पुजा पाठ गरि मन्दिरमै गाउका सवै जना सामुहिक रुपमा पर्व मनाउने र्गदछ ।

 

मन्दिर निमार्ण गर्न स्वःगोहि दास चौधरीले जग्गा दान गरेका हुन् भने गाउँका सवै मिलेर चन्दा संकलन गरेर निमार्ण गरेको हो । पछी संघिय सांसदको कोष वाट मन्दिरको घेरा वेरा लगाएको थियो भने अहिले स्थानिय श्याम चौधरीको सहयोगमा उहाको स्वःदाजुको सम्झनामा मन्दिर र्ममत सम्भार गरिएको छ ।