२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

भुपु विद्यार्थी मञ्चद्धरा संकलित रकम जेहेनदार विद्यार्थीलाई सहयोग गर्ने 

image

उदयपुर । श्री जन्ता माध्यमिक विद्यालय त्रियुगा नगरपालिका १ जोगिदहका भुपु विद्यार्थीहरुले संकलित रकम जेहेनदार विद्यार्थी सहयोग गर्ने बताएको छ । २०४० शाल पश्चातका पुर्व विद्यार्थीहरु भेला भई भुपु विद्यार्थी मञ्च गठन गरी कोष खडा गरेको छ ।

कोषले १ लाखको हाराहारीमा रकम संकलन गरि सकेको विद्यालयका पुर्व विद्यार्थी तथा वडा अध्यक्ष मनोज कुमार चौधरीले बताए । उनका अनुसार वडा नम्वर १ र २ भित्र रहेको सामुदायिक विद्यालयका जेहेनदार तथा निम्न परिवारका  विद्यार्थीहरु पहिचान गरी आफुहरुले खडा गरेको कोष वाट सहयोग गर्ने बताए । शनिवार २०४०शाल पश्चातका भुपु विद्यार्थी साथीहरु भेटघाट तथा वन भोज कार्यक्रममा उत्त कुरा निर्णय भएको वताए ।

कोषनै खडा भएको हुनाले प्रतेक वर्ष कार्यक्रमको आयोजना गरी जेहेनदार तथा विपन्न परिवारको विद्यार्थीहरुलाई सहयोग गर्ने र सवै साथीहरुलाई कोष मार्फत अर्थिक सहयोग पनी गरिदिन अपिल गरेको छ ।