२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

कृषक लाई टनेल र विउ विजन वितरण 

image

उदयपुर ।   उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ ले आफना वडा भरिका कृषकहरुलाई तरकारी खेतीका लागी टनेल र तरकारीका विउ वितरण गरेको छ ।वडामा रहेका २४ वटा टोल विकास मार्फत दुई,दुई जना गरि जम्मा ४८ जना कृषकलाई बुधवार वितरण गरिएको हो ।  


वडामा अर्गानिक तरकारी उत्पादन बृद्धि गर्नका लागी अर्गानिक स्वास्थय तरकारी उत्पादन टनेल,विउ विजन वितरण शिर्षक अन्तरगत वडाको वजेट दुई लाख पचास हजार रकम वाट ७५ प्रतिशत अनुदानमा टनेल र तरकारीको विउ वितरण गरिएको वडा अध्यक्ष धन वहादुर दनुवारले बताए ।

अध्यक्ष दनुवारका अनुसार टोल विकासको सिफारिसका आधारमा कृषकहरुलाई वितरण गरिएको हो । त्यस्तै कृषकहरुले वडा वाट किसानको लागी अर्गानिक उत्पादनमा राम्रो वजारको व्यवस्थापन नहुदा तारकारी उत्पादन गरे पनी वजारमा समस्या भएको गुनासो गरेका छन् । त्यस्तै उनीहरुले प्रतेक टोल विकासमा एउटा एउटा हाते ट्याक्टको व्यवस्था गरिदिन वडा संग माग गरेका छन् ।