२०८१ बैशाख २३ आइतबार Sunday, May 05

ताजा अपडेट :

सामाजीक न्याय र पुनस्थापनाका बहस स्थानीय तहसम्म पुग्न जरुरी 

image

 उदयपुर। सामाजीक न्याय र पुनस्थापनाका बहस स्थानीय तहुम्म पुग्न जरुरी रहेको जन–प्रतिनिधिहरुले बताएका छन् । बुधवार उदयपुरमा भएको सामाजीक न्यायका लागि स्थानीय तह र जनप्रतिनिधि सरोकारवालाहरुको भुमिका विषयक बहस कार्यक्रममा स्थानीय जनप्रतिनिधहरुले यस्तो बताएका हुन् ।


उदयपुरको त्रियुगा नगरपालीकाका प्रमुख मेयर बलदेव चौधरीले समाजमा अझै चेतनामुलक कार्यक्रमको जरुरी भएको भन्दै यस कार्यक्रममलाई अभियानको रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको छ । वहाले अव केहि समय पछिदेखि अभिभावक पनि विद्यालयमा अध्ययनको लागि जोडिने भएको हुदा यस कार्यक्रमलाई विद्यालयसंग जोड्नु पर्ने बताउनु भएको छ ।


वहाले अवको केहि समय देखि अभिभावकलाई विद्यालयसम्म ल्याउने बहस भईरहेको बताउनु भएको छ । त्रियुगा नगरपालीकाले अपराध रहित समाज निर्माणका लागि नगरदेखि घरघरसम्म अभियान समेत सञ्चालन गरिसकेको समेत जानकारी गराउनु भएको छ ।
त्यस्तै त्रियुगा नगरपालीकाका वडानम्बर १२का वडा अध्यक्ष जय विक्रम राईले यस कार्यक्रमलाई वडाको टोल–टोलसमम पुर्याउनु पर्नेमा जोड दिनुहुदै यस कार्यक्रमको लागि जस्तोसुकै सहयोग गर्ने र यस कार्यक्रम पश्चात बनेका आचार संहिता लागु गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


कार्यक्रममा न्याय र सामाजीक न्याय, यसको महत्व, संविधानले व्यवस्था गरेको संबैधानीक हकको व्यवस्था सहित, सम्पुर्ण मानव अधिकारको सवालहरुको विषयमा ओरेक नेपालका बरिष्ट कार्यक्रम संयोजक सबिता पोखरेलको प्रस्तुति रहेको थियो ।

प्रस्तुतिमा वहाले सामाजीक पुर्नस्थापनालाई जोड दिनु हुदै विशेष गरि समुदायमा महिला माथी भएका हिंसाका घट्नाहरुलाई न्याय निरुपण गर्ने काममा प्रत्यक्ष संबैधानीक व्यवस्थाको रुपमा न्यायिक समिती समेत गठन भएको तर सामाजीक न्यायको दृष्ट्रिकोण र मानव अधिकारको दृष्ट्रिकोणबाट अधि बढिरहेका छौ कि छैनौ भन्ने विषयमा समिक्षा गर्नु पर्नेमा जोड दिनु भएको छ । वहाले प्रस्तुतिमा, यस प्रक्रिया विकासक्रम र समयको माग अनुसार  परिवर्तन हुदै जानु पर्ने बताउनु भएको छ ।


ओरेक नेपालको आयोजना, महिला मानव अधिकार रक्षक सञ्जाल र संगम पुस्तकालयको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सरोकारवाला निकाय र गैरसरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।