२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

 त्रियुगा नगर सरकारद्धरा जितिया पर्वमा सार्वजनिक विदा

 उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारुहरुको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यसमितिको बसेको बैठकले असोज ५ गते एक दिन बिदा दिने निर्णय गरेको हो ।


थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता तथा नगर कार्यसमिति सदस्य केदार दनुवारले बताए ।


नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने प्रवक्ता दनुवारले जानकारी दिए । खस आर्य समुदायले तिज जस्तै थारु समुदाय जितियाको जितिया पर्वलाई लिइने गरिन्छ । त्रियुगा नगरक्षेत्र भित्र थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्व हुँदा सार्वजनिक विदा दिने निर्णय गरिएको प्रवक्ता दनुवारले जानकारी दिए ।