२०८१ जेठ ५ शनिबार Saturday, May 18

ताजा अपडेट :

 जितिया शुभकामना कार्यक्रम 

यो वर्षको शुभ जितिया
image

उदयपुर । यो वर्षको जितिया पर्व अरु वर्षको भन्दा विशेष तथा शुभ रहेको थारु अगुवाहरुले बताएका छन् । शुक्रवार त्रियुगा नगरपालिका वडा ८ को सहयोग र फुलवारी टोल विकास संस्था उत्तराइटोलको आयोजनामा गरिएको जितिया शुभकामना आदन प्रदान तथा ओढगन(दर खाने) कार्यक्रममा बताएका हुन् ।


थारु र मधेसी मुलका बासीले मुख्य पर्वको रुपमा जितियालाई मनाउने गर्दछन् ।  लगभग १८ बर्ष पछी सुइध लागेकोले(जितिया शुरुवात गर्ने शुभ साइत मिलेको) यो बर्षको जितिया उठाउन शुभ रहेको थारु महिला नेत्रि रामवती चौधरीले बताउनुभयो । उहाले,बर्षौ देखि जितियाको पर्वको बर्त शुभारम्भ गर्न नपाएका विवाहित महिलाहरुले बर्त उठाउन पाउने भएको यसपालीको जितिया बिशेष रहेको बताउनुभयो ।


जितिया पर्वमा विवाहित महिलाले मात्र बर्त बस्छन् । तर बर्त सुरु गर्दा तिथी मिल्नु पर्छ । यस बर्ष शुभ साईतमा जितिया परेकोको छ । शनिवार लायह, आईतवार उपास र मंगलवार पारन परेकोले शुभ मानिन्छ ।

 
त्यस्तै थारु कल्याणकारीणी शभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले थारुहले आफनो मौलिक संस्कृतिहरुलाई व्यापक बनाउनको लागी सामुहिक रुपमा एकजुटका साथ मनाउनुपर्ने बताउनुभयो । 


त्यस्तै जितियाको शुभकामना मन्तव्य राख्नुहुदै त्रियुगा नगरपालिका वडा न.८ का वडा अध्यक्ष कमल कुमार राउतले थारु जातीको मौलिक संस्कृति र चाड पर्वहरुले पहिचान बोकेकाले हामीसवै मिलेर जर्गेना गर्नुपर्ने बताउनुभयो । 


कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष कमल कुमार राउत , विशेष अतिथी थारु कल्याणकरीणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरी,थाकस त्रियुगा नगर कमिटीका अध्यक्ष बेचुदास चौधरी,वडाका जनप्रतिनिधी,ओरेक नेपालका व्यवस्थापक प्रमुख कमला खड्का,महिला सशक्तिकरण श्रोत केन्द्रका कार्यक्रम संयोजक अप्सरा समाल,वडाका कर्मचारी,संचारकर्मी लगाएत टोल विकास संस्थाको सदस्यहरुको उपस्थिती रहेको थियो । श्रवण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन डिएन चौधरीले गरेका थिए ।


त्यस्तै जितियाको अवसरमा यही असोज ५ गते आइतवारमा दिन भव्य रुपमा त्रियुगा नगरपालिका वडा नम्वर ४ बगहा र वडा नम्वर ६ देउरीमा जितिया महोत्सवको आयोजना गरिएको छ ।