२०८१ जेठ ५ शनिबार Saturday, May 18

ताजा अपडेट :

समाचाकेवा महोत्सव सम्पन्न  

नमूना युवा क्लव देउरी समूह प्रथम
image

उदयपुर । उदयपुरको उत्तरवारी टोल देउरीमा चौथो समा चकेवा महोत्सव २०७६ सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा त्रियुगा नगर कमिटी र फुलवारी टोल विकास संस्था उत्तरवारिटोल देउरीको संयुक्त आयोजना र थारु पत्रकार संघ उदयपुरको समन्वयमा समा चकेवा महोत्सव सम्पन्न भएको हो ।

कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरात्रिसम्म थारु समुदायका दिदीबहिनीहरु प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै मनाउने गरिन्छ । कात्तिक पूर्णिमासम्म नियमित दाजुभाई हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ । यो पर्वको मर्म भनेकै दाजुभाइसँग दिदी बहिनीले प्रेम, स्नेह र सद्भाव साटासाट गर्दै मनाइन्छ ।


महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि बलदेव चौधरीले थारुहरुको हरेक पर्वलाई जगेर्ना गर्दै लानु पर्ने बताए । उनले आधुनिकतासँगै मौलिक पर्वहरु हराउँदै गएकोले यस पर्वको पनि संरक्षण गर्नमा जोड दिनु पर्ने बताए । उनले थारुभाई बहिनीको पर्व समाचकेवालाई पुस्ता हस्तान्तरण गर्दै लैजानु पर्ने बताए । अहिलेका केटा केटीलाई समाचकेवा पर्वको सामाजिक, सांस्कृतिक पक्षलाई समेटी भातृत्व कायम गर्न सक्नु पर्ने बताए । 


प्रमुख अतिथि चौधरीले थारुको कला, संस्कृति, भेषभुषाको छुट्टै पहिचान भएकोले यसलाई बचाई राख्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।महोत्सवमा थारु पत्रकार संघ उदयपुर जिल्ला शाखाका अध्यक्ष सुखिलाल चौधरी, थारु गायक आर.सी. चौधरी र गायिका अनुमा चौधरीलाई सम्मान पत्र र दोसल्लाह ओढाएर सम्मान गरेको थियो ।

 पत्रकार चौधरीलाई लामो समयदेखि थारु भाषा, संस्कृतिको लागि निरन्तर रुपमा स्थानीय तथा राष्ट्रिय माध्यममा समाचार प्रशारण गरेवापत प्रदान गरेको थियो भने गायक आर.सी. चौधरी र गायिका अनुमा चौधरीले थारु भाषाको आधुनिक तथा पौराणिक गीतको एल्बम निकालेर सर्वत्र चर्चा रहेकोले सम्मान गरिएको थियो ।

कार्यक्रममा त्रियुगा नगरपालिका उपमेयर देवी कुमारी चौधरी, थारु कल्याणकारिणी सभा जिल्ला सभापति शिवकान्त चौधरी, त्रियुगा नगरपालिका ८ का वडाध्यक्ष कमल राउत, वडा नं. ९ का वडाध्यक्ष धन बहादुर दनुवार, आदिवासी जनजाति महासंघ उदयपुरका अध्यक्ष गौरीशंकर उदास, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता थारु कल्याणकारिणी सभा त्रियुगा नगर कमिटि अध्यक्ष बेचुदास चौधरी र संचालन थारु पत्रकार संघ उदयपुर जिल्ला शाखा उदयपुरका सचिव दुर्गानन्द चौधरी (डिएन) ले गरेको थियो ।चौथौ सचाचकेवा महोत्सवमा खुल्ला नृत्य प्रतियोगितामा नमूना युवा क्लव देउरी समूह प्रथम भएका थिए । यस्तै द्वितिय रिपब्लिक युवा क्लव बहेडवाको समूह र तृतिय गौदहैनिया समूह सालघारी भएका थिए भने सान्त्वना सृजनशिल बाल युवा क्लव देउरी समूह भएका थिए । प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार एक हजार पाँच सयले पुरस्कृत गरेको थियो । खुल्ला नृत्य प्रतियोगितामा आधुनिक तथा पौराणि नृत्य प्रस्तुत गरिएको थियो ।

समचार नागरिक बहस वाट सम्भार