२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

एक ढिक्का भई छिमेकी राष्ट्र भारत विरुद्ध लड्नुपर्नेः अध्यक्ष पौडेल ।।

देशमा सिमा अतिक्रण बढिरहेको अवस्थामा कालो बजारी समेत मौलाएको बताउँदै कपिलवस्तुकै कृषि मन्त्री हुँदा समेत किसानले धान खेती गर्नका लागि मल नपाउनु र त्यसै माथि जेनतेन फलाएको धानको समेत मुल्य नपाउनु दुःखद कुरा
image

अखिल नेपाल किसान संघका केन्द्रिय अध्यक्ष शिव पौडेलले सम्पुर्ण देशभक्त नेपाली जनता एक ढिक्का भई छिमेकी राष्ट्र भारत विरुद्ध लड्नुपर्ने बताएका छन् । भारतीय सिमा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चन्द्रौटामा आयोजित विरोध प्रर्दशन कार्यक्रममा पौडेले यस्तो बताए । 

जिल्लाभर विरोधको कार्यक्रम अन्र्तगत बुधबार चन्द्रौटामा कोण सभा गरि विरोध प्रर्दशन गरेको राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जनाएको छ । सभालाई सम्बोधन गर्दै देशमा सिमा अतिक्रण बढिरहेको अवस्थामा कालो बजारी समेत मौलाएको बताउँदै कपिलवस्तुकै कृषि मन्त्री हुँदा समेत किसानले धान खेती गर्नका लागि मल नपाउनु र त्यसै माथि जेनतेन फलाएको धानको समेत मुल्य नपाउनु दुःखद कुरा भएका उनले बताए ।

सरकारले धानको प्रति के.जी २५ रुपियाका दरले तोके पनि व्यापारीहरुले १८ देखी बढीमा २० रुपिया सम्ममा मात्रै किन्छन् किसानलाई सोभैm प्रति के.जी ५ रुपिया घाटा व्यर्होनु परेको छ, यो कसले दिन्छ ?  भन्दै उनले सरकारलाई प्रश्न गर्दै  । सरकारले यस बिषयमा विशेष ध्यान दिनुपर्ने समेत पौडेलले बताए ।

यसैबीच भारतले खटाएका भारतीय सेना हटाई तत्काल कालापानिमा नेपाली सेना परिचालन गर्नुपर्ने अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रिय सदस्य केयर सिहं अदैले माग गरेका छन् । भारतीय सेनाले अटेरी गरेमा यो विषय अन्तराष्ट्रियकरण गरि जानुपर्ने भन्दै अहिले सत्तापक्ष र  प्रतिपक्ष दल लगाएत अन्य सम्पुर्ण दल भारतको हस्तक्षेप विरुद्धमा एकजुट देखिएकाले संयुक्त राष्ट्रवादी मोर्चा बनाएर आन्दोलनमा उत्रिनुपर्ने कुरामा सभामा बोल्ने बक्ताहरुले जोड दिएका थिए ।

उक्त विरोध प्रर्दशन अखिल नेपाल किसान संघका केन्द्रिय अध्यक्ष शिव पौडेल, नेकपा मसालका जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ–अन्टुकका केन्द्रिय सदस्य केयर सिहं अदै, लगाएतले सभालाई सम्बोधन गरेका थिए । साथै राष्ट्रिय जनमोर्चा कपिलवस्तका जिल्ला कोषाध्यक्ष चेत नारायण खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।